Loading...
काठमाडौं, साउन २५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापन भएपनि युद्धसँग सम्बन्धित मुद्धाहरु अझै टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै प्रचण्डले उक्त कुरा जाहेर गेरका हुन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघले नयाँ सरकार राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जग बसाल्न सफल हुने विश्वास व्यक्त गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताए ।
नेपाल पत्रकार महासङ्घको टोलीसँग कुरा गर्दै उनले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिए ।
उनले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।
उनले भने, “अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ । यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।” शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन अहिलेका मूलभूत विषय भएको उनले अवगत गराए ।
Loading...
Social Buttons