Latest News

प्रचण्डले भारतसँग १२ बुँदेभन्दाअर्को खतरनाक सम्झौता गरेको सनसनी खुलासा

काठमाडौं, २६साउन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले भारतसँग १२ बुँदेभन्दा खतरनाक सहमति गरेको खुलासा गरेका छन् ।

प्रचण्डले हालसालै भारतीय विस्तारवादसँग खतरनाक सम्झौता गरेका कारण अहिलेको सरकार त्यसैमा जगमा बनेको बताए । आज मंगलबार काठमाडौंमा आफ्नो पार्टी निकट पत्रकारको भेलामा वैद्यले दिल्लीमा भएको १२ बुँदै सहमतिकै कारण प्रचण्ड संसद्ववादको घोडा बन्न पुगेको बताए ।

उनले केही समयअघि पार्टी एकताका नाममा क्रान्तिकारी माओवादी छाडेर गएका नेता रामबहादुर थापा बादल सहितका नेताहरु समेत संसदवादमा फसेको उल्लेख गर्दै आफूहरुलाई संसदवादी आहालमा डुबाएर सिध्याउने चालबाजी थाहा पाएपछि आफूहरु एकतामा नगएको उनको भनाई थियो । एक फरक प्रसँगमा वैद्यले बादलहरू प्रचण्डसँगको एकतामा गएर पश्चताप गरेको बताए ।
‘पार्टी एकतामा गएका बादल लगायतका नेताहरु पश्चातापमा परेका छन् ।’ उनले भने ‘विगतमा आफूहरुले निर्वाचन बहिस्कार गर्ने तर संविधान निर्माणपछि उही पश्चगामी संविधान कार्यान्वयन गर्ने पार्टीमा गएर बादलहरूले ठूलो भूल गरे ।’
Loading...