Loading...
चितवन,१८ साउन । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्र र राष्ट्रियताको विषयमा जनताको साथमा रहेको बताएका छन् । पवित्र तीर्थस्थल देवघाटमा बुधवार आयोजित बोलबम मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली सेना सबै जनताको सेना भएको भन्दै सेनापति क्षेत्रीले राष्ट्रको स्वाधीनता र हितविपरीत काम हुन नदिने बताए । जनताको साथमा काम गर्नका लागि सेना तयार रहेको उनको भनाइ थियो ।
देवघाट संरक्षण प्रतिष्ठान चितवनद्वारा आयोजित सो मेलाकै अवसरमा देवघाटमा निर्माण गर्न लागिएको ३० फिट अग्लो शिव मूर्तिको समेत उनले शिलान्यास गर्नुका साथै शिवको मन्दिरमा पूजा आराधनासमेत गरेका थिए ।
मूर्ति रु ३० लाखको लागतमा निर्माण गर्न लागिएको हो । सो अवसरमा बोल्दै उनले देवघाटमा हुने यस्ता मेला महोत्सवले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, समाजसेवी मैयादेवी श्रेष्ठ, डा हेमराज कोइराला, महेश सन्यास आश्रमका गुरु प्रसाद सुवेदीलगायतले बोलेका थिए ।
Loading...
Social Buttons