Loading...
नेपाली कांग्रेस नेतृ सुजाता कोईराला पार्टी भित्रको असन्तुष्टी यसरी पोखेकी छिन् । ज्यूज २४ को नियमित प्रस्तुती छ प्रश्न मा टिभी जर्नलिष्ट दिपक वोहोरा सँग कुराकानी गर्दै निम्न प्रश्न र धारणा राखेकी छन् । विस्तृत भिडियोमा ।
पार्टी र राजनीति बारे
१. पार्टीको सभापति पनि हुन् कि होइनन् जस्तो लाग्छ देउवा ।
२. देउवाले पार्टी भित्रकै नेतालाई कांग्रेस भएको महशुस गराउन सकेनन्, कहिल्य काही लाग्छ देउवा कांगे्रस होइन कि म कांग्रेसहोइन ।
३ं मलाई माइनस गरेर कांग्रेस कसरी चल्छ ?
४ पद पाउनु ठूलो कुरा होइन पद बचाउनु र पदको गरिमा बढाउनु ठूलो कुरा हो ।
५. पार्टी भित्र निर्णय लिदा छिटो छिटो भनिन्छ र हात ताली बजाइन्छ छलफल विना ।
६ नेता भए पछि आफ्नो धारणा मिल्ने संग मात्रै होइन फरक विचार र फरक मतलाई पनि मनन गर्न सक्नु पर्छ एकलौटि ढङ्गमा होइन । फरक विचार र धारणा भएका मान्छेलाई पाटी वाट सिध्याइनै दिने ?
७. मैले कुनै एजेन्सीको लागी काम गरेको छैन र गर्दा पनि गर्दिन त्यहि कारण ले म सक्षम भईन ? म राष्ट्रको हितमा कुरा गर्छु भनेर असक्षम भए ?
८. जो मान्छे राष्ट्रको हितमा काम गर्छ त्यो सबै पाखा लागेको छ , राष्ट्रका हितमा कुरागर्ने मान्छेलाई जहिल्य पनि पछाडि धकेलिन्छ ।
९. नेपालको राजनितीक पार्टी नेपालका नेतालेनै चलाउनु पर्छ ।
१०. देश संग रिस लिएर हामीले जुवा खेल्नु हुदैन ।
कोईरालाको पुरा अन्तर्वाता हेनुहोस् ।
Loading...
Social Buttons