Loading...
काठमाडौं, २१ साउन - सत्ता र विजय गच्छादार पर्यावाची जस्तै नाम हो। ०४६ सालको परिवर्तनपछि केही सरकारबाहेक विजय गच्छदार सरकारमा सहभागी नभएको सायदै सरकार होलान्। केपी ओली नेतृत्वको सरकारमा रहेका बेला नै राजीनामा दिएर प्रचण्डको पक्षमा उभिएका फोरम लोतान्त्रिकका अध्यक्ष विजय गच्छदार यतिबेला भने निकै ठूलो तनावमा परेका छन्।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी बन्न ओली सरकारबाट राजीनमा दिएको गच्छदारलाई नयाँ सरकारमा स्थान नमिल्ने भएपछि उनी तनाबमा परेका हुन्। गच्छादार यतिबेला प्रचण्डले आफूलाई धोका दिएको भन्दै आफू निकटहरुसँग गुनासो गर्न थालेका छन्। मधेसी मोर्चाको सहयोगमा सरकारको नेतृत्व गरेको प्रधानमन्त्री प्रचण्डलाई मधेसी मोर्चाले गच्छदारलाई सरकारमा सहभागी नराउने चर्को दबाब दिएको छ। विशेष गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गच्छदारलाई रोक्न निकै सक्रिय भएका छन्। स्रोतका अनुसार गच्छदारलाई सरकारमा जानबाट रोक्न कांग्रेससभापति शेरबहादुर देउवा र भारतीय दुतावासलेसमेत दबाब दिएको छ।
गच्छदार भने राम्रो मन्त्रालय पाए आफैं जाने नत्र जितेन्द्र देवलाई सरकारमा पठाउने योजनामा रहेको बताइएको छ। गच्छदारले प्रचण्डकै सल्लाहमा ओली नेतृत्वको सरकारबाट राजीनमा दिएको तर अहिले प्रचण्डले आफूलाई धोका दिएको भन्दै निकटवर्तीसँग गुनासो गर्न थालेका छन्।
अध्यक्ष विजय गच्छदार मन्त्रालय हेर आफु जाने वा नेता जितेन्द्र देवको नेतृत्वमा सरकारमा सहभागी हुगराउने भन्नेमा छलफल चलाइरहेका छन् । ‘मैले प्रचण्डलाई धेरै साथ दिए सहयोग पनि गरेको छु’ गच्छदारको भनाई उदृत गर्दै एक नेताले भने, ‘उनको सल्लाहमा नै मैले ओलीलाई छाडे अहिले मलाई धोका भयो ।’ तर अझै पनि उनले सरकार जाने विषयमा आशा भने मारिसकेका छैनन ।
Loading...

Social Buttons