Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

नेपालका नेताहरु आत्मसमर्पणवादमा फसेको कमल थापाको आरोप

काठमाडौं  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नेताहरुमा आत्समर्पणवादी मानसिकता देखिएको आरोप लगाएका छन् ।  थापाले नयाँ सरकार गठनसँगै नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको समेत गुनासो पोखेका छन् ।
नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा बधाई तथा शुभकामना दिने क्रममा अध्यक्ष थापाले भने,‘१२ बुँदे समझदारीसँगै नेपालमा बढेको बाहिर शक्तिको (भारतीय) हस्तक्षेप बढेको भन्दै उनले भने, ‘प्रधानमन्त्री हुन नेपाली जनताको मतले मात्र पुग्दैन, बाहृय शक्तिको आशिर्वाद चाहिन्छ भन्ने मानसिकता हावी भयो ।’
उनले अघि भने, ‘नयाँ संविधान निर्माण गर्ने क्रमसँगै जनताको निर्णायकत्व स्थापित गरौं । राष्ट्रिय स्वाभिमानलाई आत्मसाथ गर्दै संविधाान जारी भयो । सरकार गठन भयो, नाकाबन्दीको अन्त्य भयो ।’
पछिल्लो २६ वर्षमा २४ सरकार बनेको भन्दै उनले नयाँ संविधान बनेपछि त राजनीतिक स्थिरता होला भन्ने जन अपेक्षा भएपनि त्यसो हुन नसकेको बताए । ९र९ महिनामा सरकार परिवर्तन गरेर यो संविधान राजनीतिक अस्थिरताको मुल कारक हो भन्ने सन्देश दिन खोजेको हो भनेर प्रश्न गरे ।
प्रचण्डले नै पार्टी राप्रपा नेपाल सरकारमा जान प्रेरित गरेको र सरकार बनेपछि प्रचण्डसँग ५० औं पटक आफ्नो उठबस भएको भन्दै उनले त्यसबेला प्रचण्डमा प्रचुर मात्राको राष्ट्रिय भावना रहेको छ भन्ने आफूलाई लागेको बताए ।
तर, पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको टिप्पणी गरे । उनले भने ‘यो सरकार निर्माणको क्रमसँगै फेरि एकपटक कालो बादल लागेको छ । यो तितो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ ।’

Loading...