Latest News

माओवादी केन्द्रका जिम्मेवार नेतालार्इ गंभीर यौन दुराचारको आरोप : छानबिन समिति गठन, पाहुना गएकै घरका श्रीमती तथा बुहारीमाथि करणी प्रयास


काठमाडौं, ३१ साउन । नेकपा माओवादीका केन्द्रीय सदस्य एव एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी यौन काण्डमा फसेका छन् । उनीसँगै महासंघका केन्द्रीय सदस्य एवं चल्तीका संगीतकार चेतन सापकोटा समेत सो काण्डमा फसेपछि माओवादी केन्द्रमा ठूलो खैलाबैला मच्चिएको छ ।


केही दिनअघि गणेश भण्डारी र सापकोटा काठमाडौंस्थित देसार थरका राप्रपाका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउन पार्टीको अनुमति बिना छलफल चलाइरहेका थिए । छलफलकै क्रममा देसार माओवादी केन्द्रमा प्रवेश गर्न राजी भए । र, उक्त खुशीयालीमा काठमाडौंको एक रेष्टुरेन्टमा भव्य जाँडपाटी पनि भयो ।

जाँडपाटी राती अबेरसम्म चलेपछि गणेश र चेतन देसारसँगै उनको घरमा गए । मध्यरातमा देसारको घरमा पुगेका भण्डारी र सापकोटालाई अतिथिकै रुपमा घरमा सम्मानपूर्वक राखे । जाँडले मात्तिएका भण्डारी र सापकोटा आफ्नो राजनीतिक संस्कार र मुल्यमान्यतालाई तिलाञ्जली दिदै देसारकै श्रीमती र छोरी–बुहारीमाथि जर्बजस्ती करणी गर्न प्रयास गरे । उक्त घटनापछि देसारकै श्रीमतीले ‘गुहार’ भनेपछि देसार के भो भन्दै श्रीमतीभएतिर आइपुग्छन् । उनी नजिक पुग्दा भण्डारी र सापकोटाले श्रीमती र बुहारीमाथि जर्बजस्ती गर्न खोजेको देख्छन् ।

त्यसपछि रिसले चुर भएका देसारले भण्डारी र सापकोटालाई निर्घात कुटेर प्रहरीसामु बुझाउन खोज्दा त्यहाँबाट उनीहरु भाग्न सफल हुन्छन् । यसरी पाउना पर्न गएका भण्डारी र सापकोटाले पाउना घरकै नारीहरुमाथि गिद्दे नगर लगाउनु पुग्नुको परिणाम उनीहरु अहिले अर्ध भूमिगत बस्न बाध्य भएका छन् ।
अहिले पीडित पक्ष देसार परिवारले गणेश भण्डारी र चेतन सापकोटालाई हदैसम्मको कार्वाहीको माग गर्दै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दर्ता गराएका छन् ।

सोही उजुरीलाई आधार मानी प्रचण्डको ठाडो आदेशमा पार्टीका नेता विश्वभक्त दुलाल आहुती र बलराम तिमिल्सिना रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ । अहिले छानबिन प्रक्रिया अगाडि बढिरहेको छ । तर, आरोपित भण्डारी र सापकोटा भागिरहेको पार्टीका नेताहरु बताउछन् ।
यसै सिलसिलामा छानबिन समितिका संयोजक आहुतिलाई फोन हान्दा फोन सम्पर्क हुन सकेन । यता पीडित पक्षले भने पार्टी कार्यालयको अलावा प्रहरी कार्यालयमा पनि उजुरी दर्ता गरेको सूचना प्राप्त भएको छ ।

यसै काण्डलाई लिएर सोही संगठनका उपाध्यक्ष केपी पाठकले सामाजिक संजाल फेसबुकबाट भण्डारी र सापकोटालाई लक्षित गर्दै विरोध गरेका छन् ।

उनी लेख्छन् –

‘हैट, अब त जिम्मेबार साथी भनेर घरमा लान पनि डर भो । भनौ लाजमर्दो कुरा ‘‘ सहकार्य पनि कसरी गर्नु खै ‘??’

केपी पाठकको उक्त स्टाटसमाथि सोही जनसांस्कृतिक महासंघका पूर्व संयोजक तथा पार्टी केन्द्रीय सदस्य मातृका पोखरेल यस्तो प्रतिक्रिया दिन्छन् –

‘खै पेरिसडाँडामा सांस्कृतिक मोर्चा गनायो भन्दारैछन् । कुरो चाहिँ के हो, पटक्कै थाहा छैन । मैले सोधेपछि कुरा सुनाउनु होला । पेरिसडाँडामा हाकिमहरुले बोलाका छन् । जान पनि राम्ररी खुटट लागेका छैनन् । बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो ।’

त्यही घटनामा माओवादी केन्द्रका नेता बलराम तिमिल्सिना लेख्छन् –

‘छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको । जे होस थैली मुख कस्ने चोरबाट जोगिने ।’ जनपाटीबाट
Loading...