Latest News

प्रचण्डलाई सत्यनिरुपण आयोगले भन्यो- ‘आममाफी दिन सकिँदैन्, जेल जानुपर्छ’

काठमाडौं, ३१ साउन । सत्यनिरुपण तथा मेलमिलाप आयोगले गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नसकिने स्पष्ट पारेको छ ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै आयोगका पदाधिकारीले नियन्त्रणमा लिएर गरिएका हत्या, बलात्कार लगायतका गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नसकिने बताए ।
आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले भने- ‘गम्भीर घटनामा माफी दिन सकिदैन् । हामीले अनुसन्धान गरिरहेका छौं । दोषी जो हो उ जेल जानैपर्छ ।’
आयोगका पदाधिकारीको यस्तो निर्णय सुनेपछि प्रधानमन्त्री दाहालले पनि आफू द्वन्द्वकालका सबै घटनामा आममाफी दिनुपर्ने पक्षमा नरहेको बताए ।

Loading...