Loading...
माओवादी केन्द्रमा काम गर्नेको भन्दा नेताका नजिककाहरूलाई अगाडी सारिन गरिएका छन् । अझ काभ्रेमा यो परम्पराकै रूपमा चलेको छ । केही वर्ष अघिदेखी केही साथीहरू यसको मार भोग्दै आएका छन् । इतिहास साक्षी छ । काभ्रेमा अखिल क्रान्तिकारीका अध्यक्ष बन्ने सपना बोकेर काम गर्नेहरूलाई पछाडी पार्दै खोजेर ल्याएर समेत अध्यक्ष बनाएको थाहा छ मलाई ।
मैले पार्टी त्याग गरेको कुरा आम संचारका माध्यम फेसबुकबाट जानकारी गराएको छु । अबका दिनमा मेरो नेकपा माओवादी केन्द्र र यसका भातृ संगठन सँग कुनै पनि सम्बन्ध नरहेको जानकारी गराउँदछु । म पद नपाएर पार्टी छोड्ने प्रवृतिको म हैन । मैले सधै पार्टीलाई दिदैं मात्र आएको हुँ । पार्टीबाट मैले कुनै स्वार्थ पुरा गरेको छैन । पार्टी भनेको संगठनमा लागेकाहरुलाई नेतृत्व प्रदान गर्दै जिम्मेवारीका साथ अगाडि बढाउनु पर्ने थियो । मैले पार्टीका नेताहरुलाई बारम्बार भनेको थिए । पार्टीलाई सिस्टममा चलाउँ । टिके प्रथाले पार्टी र कार्यकर्ताको भलो गर्दैन त्यसैले काम गर्ने क्षमतालाई मध्यनजर गर्दै नेतृत्व दिँदै जाउँ भनेको हो उहाँहरुले मान्नु भएन । मलाई लाग्यो जहाँ विचारको कुनै सम्मान हुँदैन त्यहाँ बस्नुको कुनै अर्थ छैन । पार्टीमा लागेर जिवनका उर्जाशिल समय खर्चेका साथिहरुको मन चिढिएको अवस्थामा म मात्रै बसेर कुनै अर्थ छैन भन्ने लाग्यो स्वस्र्फुत रुपमा पार्टी परित्याग गरें । साथिहरुले भन्दै हुनुहुन्थ्यो एकै पटक परित्याग गरौं भनेर । जब मेरो मनमा एक छिन पनि बस्ने चाहना नभएपछि मैले तुरुन्तै सामाजिक संजाल मार्फत पार्टी त्यागेको घोषण गरे ।
म जती बेला सम्म पार्टीमा लागें मन, वचन, कर्मले लागें । तन, मन, धन सबै लगाएर हिड्ने मान्छे हो म । पार्टीको नाममा रकम अशुल्ने संस्कार भएको मान्छे हैन, पार्टीलाई दिएको चन्दाको लिस्टनै छ म सँग । जहाँ संस्कार हुँदैन त्यहाँ विकास सम्भव छैन । एक समय पार्टी सिस्टममा चल्थ्यो । तर आज जसको शक्ति उसको भक्ति भएको छ । पार्टी भित्र नाताबाद कृपाबाद चलेको छ । कार्यमूल्याङकन हुन छोडे पछि झुन्डमा बस्नुको कुनै अर्थ छैन भन्ने लाग्यो । मैले पार्टी छोड्दै गर्दा केही मेरा कुरा भन्दै गर्दा असन्तुष्टि आयो भन्ने आम मानिसमा लाग्नु स्वभाविकै हो । यसलाई म स्विकार्छु तर दैलो भनेर स्याहार सुसार गरेको हो चर्पि भन्ने थाहा भए पछाडि किन बस्नु ? बुझेर पनि बसें भने त मेरा शुभचिन्तक साथीभाईहरुले मलाई गालि गर्नेछन् । म मात्रै छोडें भन्ने लागेको होला तपाईलाई केहि दिन भित्रै माओवादी केन्द्रमा पार्टी छोड्नेहरुको भिड लाग्ने छ ।
देश विकास गर्ने हो भने पहिलो कुरा संस्कारको विकास गर्नु आवश्यक छ । राजनिति भनेको विचार र संस्कारबाट अघि बढ्ने कुरा हो । मेरो नेकपा माओवादी केन्द्रमा छँदा पनि अलि फराकिलो तरिकाले सोचौं प्रतिस्पर्धालाई प्रजातान्त्रिक ढगले अगाडि बढाऔं भन्ने सोच राख्दथे । मलाई स्वतन्त्र पूर्वक अभिव्यक्ति राख्दै अगाडि बढ्ने चाहना छ । धेरैले माओवादी केन्द्र छाडे पछि आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । तर जुन पार्टीमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ, जहाँ लोकतन्त्रिक मूल्य र मान्यतालाई अगाडि बढाउँदै विचारको कदर हुन्छ त्यो पार्टीमा सायद मेरो झुकाव रहला ।
Loading...

Social Buttons