Loading...
केपी शर्मा ओलीको वर्हिगमन । यस्ले राजनीति राग मात्र ओकलेन । कपितय नेपालीहरु पार्टीवादबाट वाहिर निस्किएर भएपनि दुःखमनाउ गरेर र गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा देखिएको ओलीप्रेमले उनले छोटो समयमा कमाएको ख्यातिलाई जोडेर हेर्न थालिएको छ ।
मुर्छनामा परेका सपनाहरुलाई व्युँताएको हुँ । देश विकासका लागि सपना देख्न पाइन्छ । केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दा बोलेका शब्द हुन यी । हुन पनि उनको सपना पूरा हुन्थ्यो या हुन्थेन तर उनका सपनाहरुले धेरैलाई छोएको रहेछ भन्ने सामाजिक सञ्जालहरुमा कोरिएका अभिव्यक्तिहरुले प्रष्ट पारेका छन् ।
समालोचक, बुद्धिजीवी, कलाकार , पत्रकार मात्र नभई बिभिन्न दलहरुमा आवद्ध कार्यकर्ताहरुले पनि ओलीको वर्हिगमनलाई असहज मानेर दुखमनाउको टिप्पणी गरे । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै गर्दा देखि नै ओलीको समर्थनमा सामाजिक सञ्जाल ट्वीटरमा ‘आइएमविथ केपीओली’ह्यास ट्याग नेपालको ट्रेन्डिङ लिस्टमा पहिलो नम्बरमा नै आयो । त्यस्तै युट्युवमा पनि ओलीको समर्थनमा भिडियो पोष्टहरुको बाढी नै लाग्यो । युट्युवमा आएको यो पोष्ट सम्भवत सर्वाधिक चर्चामा आयो । भारतनिर्भर अर्थराजनीतिलाई स्वतन्त्रबनाउने कुरा सुन्दा बेहोश हुन्छन् ती, एउटा गरिब ठूलो रकम चिठ्ठा जित्दा बेहोस भएझैं ।’ सबैको मन छोएको यो मर्मस्पर्शी पोष्ट ….
यस्तै संविधानविद् एवं कुटनीतिज्ञ निलाम्बर आचार्यको शब्दमा: केपी ओली , एक स्वाभिमानी प्रधानमंत्री, जो नौ महिनाको कठीन अल्पकालमै दीर्घकालीन छाप छाड्न सफल भए ।
त्यस्तै हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसको नजरमा : विगत ८ वर्षदेखि उहाँकै नक्कल गरियो । यस अन्तरालमा उहाँले विकासबारे बोलेका विषयलाई व्यंग्य गरियो । दर्शक हँसाइयो । तर, उहाँले बोलेका केहि विषय रमाइला, रसीलामात्र होइनन् उत्तिकै राम्रा र व्यवहारमालागु गर्नु पर्ने खालका ।
त्यस्तै साहित्यकार खगेन्द्र संग्रौलाको निष्कर्षमा : संसदीय मूल्य–मान्यता मुर्दावाद,केपीओली जिन्दावाद ! ओली संसदीयमूल्य–मान्यताका किरिया पुत्री, माकुने,जेएन,वामदेव मलामी?यो हो जबजको अस्सली औतार !
पत्रकार बबिता बस्नेतको शब्दमा : प्रायः सरकार फेरिँदा काँग्रेसको सरकार, एमालेको या माओवादीको सरकार गयो जस्तो लाग्थ्यो, यो पढेपछि त नेपालीको सरकार गएछ जस्तो पो लाग्यो त…
महानायक राजेश हमाललाई पनि पोलेछ केपी ओलीको वर्हिगमन । उनले पनि फेसबुकमा तिक्तता यसरी पोखे के पीओलीजी जसले हारेर पनि जिते । तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने छ । नेपालका मानिसहरूले हेरिरेहका छन् । कृपया उनीहरूलाई हल्का रूपले नहेरियोस् ।
Loading...
Social Buttons