Latest News

सरकार ढालेर मात्रै हुँदैन, जनतालाई जवाफ दिन सक्नुपर्छ : सुजाता


काठमाडौं, ४ साउन–नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले माओवादीसंग मिलेर एमाले नेतृत्वको सरकार ढाल्न लागेको कांग्रेसको कदम गलत भएको बताएकी छिन् । उक्त कदमप्रति आफु असहमत भएको पनि उनले स्पष्ट पारेकी छिन् । 

मंगलबार विहान बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा बोल्दै काइरालाले अहिले सरकार फेरेर झन् अस्थिरता निम्तिने भन्दै एमाले सहितको सरकार बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएकी छिन् । 

बैठकपछि पत्रकारसंग कुरा गर्दै आफुले एमालेसंग मिलेर कांग्रेसले सरकार बनाउनुपर्ने धारणा राखेको सुजाताले बताइन् । बैठकको आफ्नो भनाई उदृत गर्दै उनले भनिन्, 'सरकार ढालेर मात्र हुँदैन, भोलि जनताले किन ढालेको भनेर सोध्दा त्यसको जवाफ दिन सक्नुपर्छ ।'
माओवादीसंग मिलेर बनाउन लागेको नयाँ सरकारमा कसरी सहभागिता जनाउने भनेर कांग्रेसले मंगलबार विहान केन्द्रिय कमिटिको बैठक राखेको हो । 
Loading...