Latest News

प्रधानमन्त्री ओलीलाई अहिले सम्मकै सबै भन्दा बढी झड्का लाग्ने खबर आयो , अब ओलीले के गर्लान ?


काठमाडौं, ४ साउन । उपप्रधानमन्त्रीद्धय विजय कुमार गच्छदार र कमल थापावीच सरकारबाट फिर्ता हुने वा नहुनेबारे छलफल भएको छ । मंगलबार थापा निवास विशालनगरमा भएको छलफलमा फोरम लोकतान्त्रिकका समेत अध्यक्ष रहेका उपप्रधानमन्त्री गच्छदारले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।


जवाफमा राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले तत्काल आफू ओली नेतृत्वको गठबन्धन छाढ्ने पक्षमा नरहेकोबारे प्रस्ट पारेका थिए । उनीहरुवीच झण्डै एक घण्टा छलफल भएको स्रोतले जनायो । पछिल्लो समय गच्छदार प्रचण्डलाई सहयोग गर्नुपर्ने पक्षमा देखिएका छन् । उनले त्यहीबमोजिम आफ्नो गृहकार्य थालेका छन् । यो विचमा उनले प्रचण्डलाई पाँच पटक भेटिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गच्छदारलाई आफ्नो गठबन्धनमा ल्याउने तयारी गरेका छन् । संविधान जारी गर्नुपुर्व प्रमुख राजनीतिक दलहरुवीच भएको १६ बुँदे सम्झौताका योजनाकार गच्छदार संविधान कार्यान्व्यनका लागि समेत दुवै पक्षका लागि महत्वपूर्ण सदस्य मानिन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनी विस्तारै ओलीको साथ छोड्ने तयारीमा लागेका छन् । नयाँ गठबन्धनका नेता शेर बहादुर देउवा र प्रचण्डसँग समेत उठबसमा छन् उनी । यो वीचमा उनी कान्छो छोराको विहेमा व्यस्त थिए । छोराको विहे सकिए लगत्तै उनी सत्ता समिकरणको जोड घटाउमा उत्रिएका छन् । आजै उनले प्रचण्ड र देउवालाई छुटछुट्टै भेट्दै छन् ।

Loading...