Latest News

प्रधानमन्त्री नबन्दै प्रचण्ड भारतको शरणमा, के-के मागे भारत सरकार संग प्रचण्ड ले सहयोग?

काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन लगायत थुप्रै विषयमा भारतसँग सहयोग मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सले मंगलबार प्रकाशित गरेको समाचारमा प्रचण्डले भारतीय सरकारका उच्च अधिकारीसँग नयाँ सरकार गठनमा सहयोग मागेको उल्लेख छ ।

समाचारमा भनिएको छ- ‘नयाँ सरकार, विकास कार्य, मधेस समस्या समाधान र भारतसँगको सम्बन्ध सुधारका लागि प्रचण्डले भारतीय उच्च सरकारी अधिकारीसँग सहयोग मागेका छन् ।’

प्रचण्डले सहयोग मागेपछि भारतले आफू तयार रहेको आश्वस्त पारेको र भारतीय अधिकारीहरुले प्रधानमन्त्री बन्नुपूर्व नै प्रचण्डका लागि बधाई सन्देश तयार पारेको समाचारमा उल्लेख छ ।

यसअघि हिन्दुस्तान टाइम्समै केपी ओली सत्ताबाट हट्नु नेपाली राजनीतिमा भारतको पुनरागमन हो भन्ने विश्लेषण गरिएको थियो भने अन्य मिडियाहरुले ओलीको राजीनामालाई भारतका लागि ‘गुड न्यूज’ भनेका थिए ।

Loading...