Loading...
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिए लगत्तै प्रचण्डको पक्षमा जन आक्रोश र ओलीको पक्षमा जनलहर बढ्दै गएको छ । आशाका किरणले तपाई कसलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहानुहुन्छ भनेर ओली र प्रचण्डको फोटो राखेर गरिएको सर्वेक्षणमा हालका प्रधानमन्त्री ओलीको पक्षमा ब्यापक जनलहर देखिएको हो । १६०० कमेन्टमा ९९ प्रतिशत जनता ओलीको पक्षमा आफ्नो समर्थन देखाएका थिए । ओलीको समर्थनमा एमाले कार्यकर्ता मात्र नभै काङ्ग्रेस माओवादी मधेशवादी र स्वतन्त्र सर्वसाधारण रहेका छन । रास्ट्रवादी र विकासप्रेमी नेताको छवि बनाएका ओलीको समर्थनमा ब्यापक जनलहर देखिनुले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने अनुमान आम सर्वसाधारणले गर्न थालेका छन । ओलीको समर्थनमा काङ्ग्रेसका कृयाशिल सदश्य त्याग्ने समाचार आशाका किरणले प्रकाशित गरेपछी काङ्ग्रेसको सदश्यता परित्याग गर्ने लहरै चलेको थियो । हिजो बेलुकादेखी मत सर्वेक्षण सुरु गरिएको थियो ।
Loading...
Social Buttons