Latest News

संसदमा झडपको सम्भावनाले एम्बुलेन्स तयारी अवस्थामा


ठमाडौं, ६ साउन — संसदको बैठकमा तनाव हुने आँकलनसहित बिहीवार संसद भवन परिसरमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । नेपाली प्रहरी अस्पतालको एम्बुलेन्स तयारी अवस्थामा छ । बिहीवारको बैठकमा अविश्वासको प्रस्ताव पेश गरिए संसद अवरुद्ध गर्ने नेकपा एमालेको निर्णयका कारण संसदका तनावको आँकलन गरिएको छ । आर्थिक विधेयकहरू पारित नगरी अविश्वासको प्रस्ताव अगाडि बढाइए संसद अवरुद्ध गर्ने एमालेले चेतावनी दिइसकेको छ । अन्य दिनको तुलनामा बिहीवार संसदमा मर्यादापालकको संख्या पनि बाक्लो देखिएको छ ।११ बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित भएपछि सांसदहरू चमेनागृहमा चिया खाएर समय गुजारिरहेका छन् । 
Loading...