Latest News

चीनले साथ दिएपछि ओली एकाएक बलियो, अपुग ४७ सांसद्लाई जति पनि लगानी गरिने,सांसदको मुल्य ५ करोड पुग्यो


काठमाडौं, ६ साउन । संसदमा अविश्वासको प्रस्तावमा छलफल लम्ब्याउन एमालेले विभिन्न चाल चालेपछि आजको ११ बजे शुरु हुने बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । नेकपा माओबादीको समर्थनमा गठन भएको ओली सरकारबाट माओबादी बाहिरिएपछि संकटमा परेको भनेको ओली सरकार भने ढलिहाल्ने
संकेत देखिएको छैन । यसमा ओलीलाई छिमेकी मुलुक चीनको साथले थप बलियो बनाएको देखिएको छ । ८३ सिट भएको माओवादीले प्रधानमन्त्री निर्वाचनमा ओलीको पक्षमा मतदान गरेको थियो । माओवादीले अहिले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेकपा संयुक्तले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा संयुक्तको संसदमा ३ सांसद छन् । प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव सामना गर्नेमा दृढ छन् ।

ओलीको पक्षमा राप्रपा नेपाल, नेकपा माले, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चा मात्र छ । मजदुर किसान पार्टी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक र राप्रपाको सदाशयता ओलीको पक्षमा छ । माओवादी केन्द्रलाई सत्तारुढ नेपाली कांग्रेस र मधेसी गठबन्धनको साथ छ ।


प्रधानमन्त्री ओलीको पक्षमा
नेकपा एमाले १८२
राप्रपा नेपाल २५
मधेसी जनाधिकार फोरम लोकतान्त्रिक १४
राप्रपा १२
नेकपा माले ५
नेमकिपा ४
नेपाल परिवार दल २
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २
बहुजन शक्ति पार्टी १
नेपास् राष्ट्रिय पार्टी १
मधेस समता पार्टी नेपाल १
जनजागरण पार्टी नेपाल १
स्वतन्त्र १

कूल २ सय ५१ भोट
अपुग ४७ सांसद

कांग्रेसका–माओवादी केन्द्रको पक्षमा
नेपाली कांग्रेस २०७
माओवादी केन्द्र ८३
संघीय समाजवादी फोरम नेपाल १५
तमलोपा ११
सद्भावना ६
तराई मधेस सद्भावना पार्टी ३
नेकपा संयुक्त ३
राष्ट्रिय मधेस समाजवादी पार्टी ३
थरुहट तराई पार्टी नेपाल २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
समाजवादी जनता पार्टी १
नेपाल जनता दल १
मधेसी जनाधिकार फोरम गणतान्त्रिक १
संघीय सद्भावना पार्टी १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
दलित जनजाती पार्टी नेपाल १
अविश्वास प्रस्ताव पास हुनका लागि आवश्यक भोट २९८

वर्तमान ओली सरकार टिकाउन चीनले सबै उपाय अपनाउने भएको छ । यसबाट कांग्रेस र माओवादी केन्द्र सशंकित छन् । चिनियाँ दुतावास एकाएक सक्रिय भएको छ । अपुग ४७ सासद्लाई जति परे पनि ओलीले लगानी गर्ने भएका छन् । जसका लागि प्रति सांसद ५ करोडसम्म खर्च गर्ने तयारीमा ओली निकट नेताहरु सक्रिय भएको सुत्रको दाबी छ ।
Loading...