Latest News

के नेपाल मोदी र सुष्माको मौजा हो? के हाम्रा नेताहरु उनीहरुको गुलाम हुन्?

आफुलाई आफ्नै राजनीतिक धरातलमा विश्वास नभएको र जनताको नजरमा गिरेको अवस्थामा मोदीको टिका थाप्न अनेक बहानामा दिल्ली जानु सबभन्दा सजिलो राजनीति गर्ने उपाए भएको छ नेपालमा ।


भारतले ६ महिना नाकाबन्दी गरेर दुख दियो । जनताले भुकम्प भन्दा पनि बडी दुख नाकाबन्दीले दिएको गुनासो गरे । त्यो आलो घाउ नसुक्दै एउटा नेता सरकार गिराउन स्वास्थ उपचारको बहानामा बिन्तीपत्र हाल्न दिल्लीका गल्लि गल्लि चाहारे । जसले तेत्रो दुख दियो उसकै चाकरीमा लागे । अर्का टेप काण्डका माओबादी पनि तिनै गल्लिमा पुगे ।   अझ मदेशिनेता त लालु यादव को मा लम्पसIर परे ।


संसारमा बिरलै देश होला जसका नेता सत्तामा जनाको लागि अर्को देशमा बिन्ति पत्र हाल्छन । यो स्वाभिमान, नैतिकता, र कुनै पनि राजनीतिक मूल्य मान्यताले दिदैन । तर नेपालका नेता लाज पचाएर निच दांत देखाएर औसदीको बहानामा दिल्लीका गल्लि गल्लिमा आफ्नो पदिय हैसियत समेत बिर्सेर बिन्ति गर्दै हिड्छन । अरुद्वारा परिचालितले स्वाभिमान जोगाउन सक्दैन ।


नैतिकताको अभाव भएको माहोलमा कोहि भन्दा कोहि कम छैनन् । भोलि के पी ओली भारत गएर तेसै गरे भने अस्चार्य हुने छैन । तेत्रो राष्ट्रिय अडान लिएको बेक्तीले अन्तिममा तिनै भारतको दलाली गर्नेहरुलाई प्रधानमन्त्रिको अफर गरे भन्ने पत्रिकामा आयो । अरु बेला भारतीय दलालको बिरोध अनि अन्तिममा तिनैको नेत्रितोको सरकारलाइ समर्थन ।

दोऎद चरित्र, सैधान्तिक बिचलन र तेस्तो प्रवृति दण्डित नहुने मुलुकमा स्वाभिमान जोगिदैन । देस पनि बन्दैन । के हाम्रा नेता साँचीकै स्वाभिमानी नेपालीका सन्तान हुन्? बिर बलभद्र र भक्तिथापा माथि छक्क परेका होलान? गोपाल योञ्जनको गीत (म झुक्तई नझुक्ने नेपालको छोरो) गलत झैँ भएको छ ।

अन्त्यमा:
नैतिक हिन, स्वार्थ अनुकुल फोहोरी राजनीति गर्न लाज नमान्ने, अरुलाई भारतीय दलाल भन्ने तर मौका परे आफै दलाली गर्ने दोहोरो चरित्र भएका नेता । जनतालाइ भेडा मान्ने र जनता चाही सोझा (बिरोद नगर्ने) वा आफ्ना स्वार्थ पूर्ति भए चुप्लागने र आफ्नो लोकतान्त्रिक अधिकार माग्ने तर जिम्मेबारी पुरा नगर्ने । एस्तो अवस्था रहे सम्म, मुलुकमा नामर्द नेताहरु निर्लज्ज दिल्ली धाउन छाड्ने वाला छैनन्? हाम्रो समग्र सामाजिक संस्कार र स्वाभिमानको स्तरको गिरावट (गरिबी र अन्य कारण ले) छ । एस्लाई युवा बर्गमा व्यापक बहसको आबस्यक छ । अब आसा नया युवामा छ । अब कसले कसरि युवा परिचालन, राष्ट्र हित र स्वाभिमानको लागि गर्छ भन्ने आजको अहम प्रस्न हो । तर भेडाको भेषमा ब्वाँसो पस्न पनि सक्छ विचार गर्नु पर्छ ।   


Loading...