Latest News

सुपरस्टार राजेश हमालको नजरमा केपी ओली: जसले हारेर पनि जित्यो

आइतबार के पी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। राजिनामा दिनु अघि ओलीले संसदमा झण्डै २ घण्टा लामो सम्बोधन गरे। ओलीको सम्बोधन र राजीनाले धेरैको नजरमा नेताका रूपमा अग्लो व्यक्तित्व छोडेको चर्चाहरू सामाजिक संजालमा भए। उनको प्रशंसा गरियो।
ओलीका बारेमा नेपाली फिल्मका सुपरस्टार राजेश हमालले सामाजिक संजाल फेसबुकबाट प्रशंसा गरेका छन्। उनले आफ्नो स्टाटसमा ओलीलाई हारेर पनि जितेका ओली भनेका छन्। हमालको उक्त स्टाटसमा ओलीको प्रशंसासँगै राजीनामा दिन बाध्य बनाउनेप्रति असन्तुष्टि पनि पोखेका छन्। उनले उनीहरुलाई तथाकथित विजेता भनेका छन्। उनले यो सब प्रकरणलाई नेपाली जनताले हेरिरहेको स्टाटसमा उल्लेख गरेका छन्।
उनले लेखेको फेसबुक स्टाटस यस्तो छ:
के पी ओलीजी......जसले हारेर पनि जित्यो। तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने छ। नेपालका मानिसहरूले हेरिरेहका छन्। कृपया उनीहरूलाई हल्का रूपले नहेरियोस्।
Loading...