Latest News

खुलासा : आतंकबादीले दिए नेपालको कोसी व्यारेज ध्वस्त पार्ने चेतावनी, प्रहरीसंगै सेना परिचालन

१०,साउन,काठमाण्डौं । ५० वर्ष पुरानो नेपाल–भारत पुर्वी सीमा जोड्ने कोसी व्यारेजमा खतराको बादल मडारीन थालेको छ । अहिले कोसी नदीमा पानीको जलस्तर वढेर होइन वरु आतंकबादीबाट खतरा वढेको हो । आतंकबादीले कोशी व्यारेज नै उडाउने धम्की दिएपछि पुलको सुरक्षा वढाइएको भारतीय मिडियाले खुलासा गरेका छन् ।  
भारतीय टेलिभिजन आजतकले आफ्नो बेवसाइटमा लेखेको समाचारमा कोसी व्यारेज उडाउने आतंकबादीको धम्कपछि नेपाल–भारतका सुरक्षा अधिकारीको निन्द्रा हराम भएको लेखेको छ । आजतकले कोसी पुलको सुरक्षामा प्रहरीसंगै सेना परिचालन समेत गरिएको उल्लेख गरेको छ ।  
सुरक्षा संम्देनशिलताका कारण नेपाल भारतका अधिकारीले आतंकबादी संगठनको नाम भने बताउन चाहेका छैनन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले आतंकबादीको धम्कीपछि आफुहरुले उच्च सर्तकता अपनाएको बताएका छन् । 
पुलको सुरक्षाकै लागि शसस्त्र प्रहरी बलको एक टुकुडी समेत त्यहा बसाइएको छ । त्यसो त भारतमा आइएसआइएसले आतंकी हमला गर्ने चेतावनी दिइरहेका बेला यस्तो धम्की आउनु गम्भीर कुरा हो ।  १९६५ मा नेपालका राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीको कार्यकालमा यसको निर्माण भएको थियो । कोसी नदीले सन् २००८ मा वाढीबाट ठुलो विपत निम्त्याएको थियो ।
newssewa
Loading...