Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

यी हुन् ढाकामा रगतको होली खेल्ने आईएस सदस्यहरु

काठमाडौं, १९ असार । ढाकामा भएको आतंकवादी हमलाको जिम्मा लिएको आईएसले उक्त हमला गराउने आफ्ना ५ जना सदस्यको तस्वीर सार्वजनिक गरेको छ । आफ्नो सोसल साइटमा तस्वीर राखेर ती आतंकवादीको तस्वीर सार्वजनिक गरेको हो ।

भारतीय अनलाइन पत्रिका ‘न्युज २४ अनलाइन’ ले ढाका हमलामा संलग्न ५ जना आतंकवादीको तस्वीर आईएसले सार्वजनिक गरेको जनाएको छ । तस्वीरमा भएका आतंकवादीहरु २० देखि २५ वर्ष उमेरका देखिन्छन् । उनीहरुले हातमा बन्दुक लिएको पनि देख्न सकिन्छ ।

बन्दुकधारीले शनिवार ढाकाको होली आर्टिसन बेकरी क्याफेमा छिरेर २० जना निर्दोषलाई कब्जामा लिएका थिए । पछि उनीहरुले आफूले कब्जामा लिएका मानिसलाई कुरान पढ्न लगाएको र पढ्न नजान्नेलाई धारिलो हतियारले घाटी रेटी हत्या गरिदिएका थिए । सुरक्षाकर्मीको कारवाहीमा ५ जनाको मृत्यु भएको पनि आईएसले दावी गरेको छ ।

Loading...