Latest News

रामशरण महतको जस्ता काण्ड फेरी बल्जियो, भेटियो नुवाकोतामा लुकाईएको जस्तापाता

काठमाडौं – पोहोर भुकम्प पीडितका विद्यार्थीहरूका लागि इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता घोटालाको आरोपित काँग्रेसका जिल्ला नेता रमेशकुमार महतलाई ‘फसाईएको’ भन्दै सामाजिक सञ्जाल र इन्टरनेट अनलाईन न्युज ‘पोर्टल’हरूमा नयाँ ‘म्यासेज’ आइरहँदा त्यहि जस्तापाता एक जनाको घरमा अझै पनि लुकाइरहेको जानकारी समाचार श्रोतबाट प्राप्त भएको छ ।

रामशरणआम जिल्लावासीले विर्सिसकेको घटनालाई कोट्याएर पानी माथीको ओभानु बन्न खोजेका पुर्व अर्थमन्त्रीका पुवै नै स्वकिय सचिव महतले उक्त जस्तापाता लुकाई छिपाई आफ्ना कार्यकर्ताको भरणपोषण गरेको तथ्य सार्वजनिक भएको हो ।

पूर्व अर्थमन्त्री रामशरण महतका सम्धी नै कार्यकारी अध्यक्ष रहेको इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायता स्वरूप दिएको तीन सय बण्डल जस्ता त्यसबेलाका उनका पीए रमेशकुमार महतले बेच्न लैजान खोजेको भन्दै स्थानीयबासीले पक्रेर १६ जेठ, २०७२ मा प्रहरीलाई बुझाएका थिए ।

आफ्ना नातेदार विकास महतको घरमा तीस बण्डल जस्ता झारेर बाँकी रहेको २७० बण्डल जस्तापाता काठमाडौं फर्काउन लागिएको अवस्थामा स्थानीयहरूले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको थियो । जस्ता विक्रिको आरोप लाग्ने देखि तत्कालिन अर्थमन्त्रीको राष्ट्रव्यापी आलोचना हुन थालेपछि रमेश महतले लुकाईको जस्ता विद्यालयमा वितरण गरिएको ‘नक्कली काजगात’ बनाएका थिए ।

अहिले त्यही बेलामा आपत् मिलाउनका लागि राताराता बिकास महतको घरबाट बोकाएर पठाइएको इन्भेष्टमेन्ट बैंकको लोगो लागेको जस्तपाता भेटिएको छ । १३ महिना पछि गाउँमा ति जस्ताापाता पराल र खोष्टाबाट बाहिर निकाल्न थालिएको छ । समाचार श्रोतका अनुसार पञ्चकन्या गाविसका प्राविधिक सहायक केदार खनालको घरमा छ बण्डल जस्तापाता लुकाई राखिएको अवस्थामा देखिएको छ ।

उनी मात्रै होइन पञ्चकन्याका केही र कविलासका केही ‘महत–भक्तहरू’को घरमा इन्भेष्टमेन्ट बैंकको जस्तापाता देखिन थालेको छ । तर, सामाजिक सञ्चालहरूमा केही अनलाईन मिडियाको पोष्ट शेयर गर्दै महत निकटका व्यक्तिहरूले ‘रमेश महतलाई यसरी फसाईयो नुवाकोट जस्ता काण्डमा, अडियो भिडिओ सार्वजनिक हुँदै’ भनेर प्रचार गरिरहेका छन् । अघिल्लो आइतवार एउटा अनलाईन मिडियाले र बुधवार एक ब्लगस्पोटले महतलाई योजनाबद्ध रूपमा फसाईएको अडियो र भिडिओ बजारमा आउँदै छ भनेर विज्ञापन गरेपछि कविलास र पञ्चकन्याका नागरिकहरूले लुकाएको जस्ताको विषयमा यस संवाददातालाई जानकारी गराएका हुन् । ‘गाउँमा अब पो निस्कदै छ, बैंकले स्कुलको लागि पठाएको जस्तापाता घरघरबाट’ एक जनाले टेलिफोनमा भने ।


Loading...