Loading...
नेपाल भारत सीमानामा दशगजा मिचेर भारतले एकतर्फी बनाएका बाँधका कारण तराईका बिभिन्न गाउँ डुबानमा परेका छन् । हजारौं नागरिक घर बिहिन बनेका छन् । कतै गाउँघर डुबेर पनि चुपचाप सहेर ओत लागेर बसेका छन् त कतै घरबस्ती र सिंगै जिल्ला नै डुबानमा परेपछि भारतले बनाएका बाँध भत्काउन जनता उत्रिएका छन् ।
जनताको हितको आन्दोलन कुन हो र लालु यादवको पटाङगिनीमा हिजो पेडा खाएर तिनै मधेसी जनतालाई डुवाउने भारतको इसारामा चल्ने को हुन् भन्ने यसले छुट्याउन मदत गरेको छ । हिजोको कथित मधेस आन्दोलनका लागि लालु यादवका अनुचरहरुले भारतका स्वार्थ पूरा गर्न र मधेसी जनतालाई बाढीमा डुबाउन ५० लाखको मृत्यु बम्पर घोषणा गरेर मर्न आव्हान गरेका थिए । आज ती लालु यादवका अनुचरहरु मागबिहीन आन्दोलन त्यसै सेलाएर सत्ताको हिसावकिताव गर्न काठमाडौंमा भौतारिइरहेका छन् भने मधेसी जनता आफ्नो देशको सीमा रक्षाका लागि भारतीय सुरक्षाबलसँग जुधिरहेका छन् । हिजोको मधेस आन्दोलन त्यही भारतको स्वार्थ पूरा गरेर मधेसी जनतालाई बाढीमा डुवाउनका लागि थियो भने आजको प्रतिवाद आफ्नो थातथलोको रक्षाका लागि हो ।
रक्सौलमा भारतले चलाएको मेसमा मासुभात खाएर नेपालतिर पेट्रोलबम हान्ने र एकतर्फी बाँध बाँधेर मधेसी जनतालाई डुबाउने भारतको स्वार्थका लागि ७ महिना नाकाबन्दी लगाउने उपेन्द्र, महन्थ र राजेन्द्र महतो अनि आफ्नो बस्ती जोगाउन भारतीयसँग भिड्ने देवनारायण यादवमा कत्रो अन्तर छ ? उपेन्द्र–राजेन्द्र र महन्थहरु बाँध बाँध्ने भारतको स्वार्थका गोटी र देवनारायणहरु नेपालको स्वार्थमा लड्ने देशभक्त नेपाली हुन् भन्ने उजागर हुन पुगेको छ ।
उपेन्द्र–राजेन्द्र र महन्थहरु बाँध बाँध्ने भारतको स्वार्थका गोटी र देवनारायणहरु नेपालको हितमा लड्ने देशभक्त नेपाली हुन् भन्ने सप्तरी घटनाले उजागर भएको छ ।
अर्काे पनि टिठलाग्दो दृश्य छ– हिजो राजेन्द्र महतोहरुले पेट्रोल छर्केर जिउँदै जलाउन खोजिएका सुरक्षाकर्मीहरु मधेसी जनताको उद्दारमा राज्यका तर्फबाट खटिएका छन् र राजेन्द्र महतोहरु आफूले उठाएका कुनै माग पूरा नगरी कुर्सीको प्यास मेट्न काठमाडौंमा दौडधूप गरिरहेका छन् ।
मधेसी जनता नेपाली हुन्, उनीहरु देशभक्त छन् भन्ने प्रमाण यही हो र मधेसी दलका नेता मधेसी जनता बिरुद्ध भारतले चलाएका गोटी हुन् भन्ने प्रमाण पनि यही हो । मधेसी दलका नेताको कुर्सीको प्यास मेट्न गरिएको आन्दोलनमा जनता सहभागि नभएपछि ५० लाखको प्रलोभन देखाउनु परेको थियो, भारतले गरेको अत्याचार बिरुद्ध जनता आफैं सडकमा आए । मधेसी जनताको के सत्रु र को मित्र यही प्रकरणले उजागर गरेको छ ।
दिल्लीको सरक्षित किल्लामा बसेर मधेसी नेपाली र भारतीयबीच रोटीबेटीको सम्बन्धबारे अर्तिबुद्धि दिंदै लेख छपाउनेहरु सप्तरीको घटनाबारे के भन्छन् ? रोटीबेटीको सम्बन्ध भएका मधेसी नेपालीका घर डुवाउने र बेघर बनाउनेबीच के रोटीबेटीको सम्बन्ध हुन्छ ? भारतको स्वार्थका लागि मात्रै भजाइने सम्बन्ध हो यो ? मधेसी जनताको वस्ती डुबाउने काममा भारतलाई सघाउने उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर मधेसी जनताका सत्रु हुन् कि होइनन् ? खासमा भन्दा यिनीहरु मधेसी जनताको नाम बेचेर मधेसी जनतालाई नै डुबाउने भारतीय प्रोजेक्ट अघि बढाउने नोकर हुन् ।
राजेन्द्र, उपेन्द्र र महन्थहरुले हिजो भन्दै थिए– यो राज्य मधेसीको हुन सकेन । यसको अर्थ उनीहरु मधेसी जनताको मसिहा थिए भन्ने लगाउन खोजेका थिए । तर, आज यही राज्यका सेना प्रहरीका जवान आफ्ना जनता डुब्दा उद्दारमा सक्रिय छन् तर, मधेसका ती कथित मसिहा सत्ताका लागि र्याल चुहाउँदै रत्नपार्कको अनसन तोडेर मधेसी जनतालाई डुबाउने त्यही देश भारतका राजदूत रन्जित रे को आदेश पालनामा सक्रिय छन् । आफ्नो हित के हो ? आफ्नो अहित के हो राम्रोसँग बुझेका मधेसी जनतालाई सलाम जसले भारतीय अत्याचार बिरुद्ध छातिमा रगतको धारा बगाए । देवनारायण यादवलाई सलाम जसले राजेन्द्र महतोहरु भन्दा आफ्ना मुद्दा फरक छन् भनेर पुष्टि गरे ।
आज मधेसी जनता राष्ट्रको सीमाका पक्षमा कति संबेदनशील छ भन्ने स्पष्ट देखिएको छ । पहाडमा बस्ने जनताको विचार पनि यही हो । हो हिजो जात क्षेत्र र समुदायका नाममा सांस्कृतिक पक्षपात थियो । तर आज संविधानले त्यसलाई मेटेको छ र जुनसुकै ठाउँमा बस्ने जुनसुकै समुदायको नेपालीको हित साझा हो भन्ने स्थपित गरेको छ । त्यसैले त मधेसी जनता जीवनभर मन्त्री भएका राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुर. र विजय गच्छदार भन्दा फरक छन् ।
सामन्ती भनी पेट्रोल छर्केर आगो लगाइएका सेना प्रहरी उद्दारमा खटिंदा त्यही बाँध बाँध्ने भारतका राजदूत रञ्जित रेको मिष्ठान्न भोजमा रमाउँदै सत्ताको प्यास मेट्न काठमाडौंमै रल्लिएका छन् उपेन्द्र, राजेन्द्र र महन्थहरु
देवनारायण यादवजस्ता हजारौं मधेसी दाजुभाइ र दिदीबहिनीहरुलाई भन्न मन लागेको छ । तिम्रो वस्ती डुब्दा हामी ओभानोमा सुत्न सक्दैनौं । तिम्रो नाममा तिमीहरुको बस्ती डुबाउन भारतको स्वार्थ सिद्धि गर्न लागेका मधेसकेन्द्रित दलका सामन्ती नेताहरु बिरुद्ध पहिले उठ्नु पर्यो । तिनीहरु नै हुन् तपाईं हाम्रा साझा सत्रु जसले सीमानामा बाँध बनाउने भारतका लागि काम गरिरहेका छन् । तिमीहरु एक्ला छैनौ देशभक्त मधेसी दाजुभाइहरु, हामी आइपुग्छौं तिम्रो आर्तनाद बुझ्न र दुष्ट छिमेकीले दिएको दुःख पनि हामीले भन्दा बढी तिमीहरुले नै भोगेका छौ । जुन दुःखको कारण यिनै बिहारबाट आएर नागरिकता लिने मधेसी दलका नेता हुन् ।
तराई जलिरहदा तराईकै एक युवाले लेखेको एउटा स्टाटस मेरो दिमागमा अझै संम्झना छ– ‘भारतबाट पाकिस्तान, पाकिस्तानबाट बंगलादेश छुट्न सक्छ भने नेपालबाट तराई किन छुट्न सक्दैन भन्नेहरु मधेसी होइनन् । सच्चा मधेसी त ती हुन् जसले तराईका बोर्डर एरियामा भारतीय सेनाले लोभ लालच देखाउँदा पनि र धम्की दिदा पनि कहिल्यै हामी भारतीय हौं भनेनन् ।’
देशप्रेमी हरेक मधेसी नेपालीलाई फेरि कसिलो सलाम, जसले आफ्नो दुःख कहाँबाट सुरु भएको छ भन्ने थाहा पाए । भारतीयले आफूमाथि खेलेर कसरी आफैंलाई बर्बाद पार्न खोजेका छन् र लालु यादवको नोकर बनेर मधेसी नेताका नाममा आएकाले भारतको स्वार्थ बोकेका छन् भन्ने थाहा पाए । यो लेखको अन्त्यमा फेरि देवनारायण यादवलाई सलाम ।
Loading...
Social Buttons