Loading...
कावासोती, २ साउन । प्रधानमन्त्री केपि ओलिको समर्थनमा आज नवलपरासीको कावासोतीमा र्याली निकालेका छन् । स्वतन्त्र युवाहरुको एक समूहले आज बिहान कावासोतीको सभापति चोक देखि फलफुल चोक सम्म ओलि सरकारको निरन्तरताको माग सहित र्याली निकालेका हुन् । स्वतन्त्र युवाहरुको सहभागिता रहेको सो र्यालीमा सहभागि युवाहरुले “ अस्थीरता चाहिदैन, ओलि सरकार ढाल्न पाईदैन”, हामी केपिओलिको पक्षमा छौं, जस्ता नाराहरु लगाएका थिए ।
ओलि सरकारको बिरुद्ध संसदमा अबिस्वासको प्रस्ताव दर्ता भएपछि पछिल्लो समय प्रधानमन्त्री ओलिको समर्थनमा देशका बिभिन्न स्थानहरुमा युवाहरुले र्याली तथा जुलुसहरु गरिरहेका छन् । बिशेषगरी आफुलाई स्वतन्त्र भएको बताउने युवाहरुको सहभागितामा यस्ता कार्यक्रमहरु हुने गरेका छन् । जस अन्र्तगत कावासोतीका युवाहरुले पनि सो र्याली निकालेको कावासोतीका ठाकुर पराजुलीले बताउनु भयो ।
आज निकालिएको र्याली फलफुल चोक पुगेर कोण सभामा परिणत भएको थियो । सो क्रममा युवाहरुले अहिलेको जनपक्षिय ओलि सरकार ढाल्नको लागि भएका प्रयासले देशलाई आर्को दलदलमा फसाउने भन्दै चिन्ता व्यक्त गरेका थिए । उनिहरुले नाका बन्दीको सामना, दृण राष्ट्रवाद, चिन संग पारवाहन सन्धी, भारतमा आर्को बन्दरगाहा निर्माण, लगायत जनपक्षिय कार्यगर्न सफल सरकारलाई बिदेशि डिजाईनमा देशका केहि राजनितिक शक्तिहरुले ढाल्न थालेको आरोप लगाएका थिए ।
Loading...
Social Buttons