Loading...
केशबराज जोशी,काठमाण्डौं । कुनै चकत्कारीक चलखेल वा राजनीतिक परिवर्तन भएन भने काँग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष मुलुकको नयाँ प्रधानमन्त्री बन्नेछन् । राजनीतिक वृतमा चर्चा परिचर्चा जे भएपनि नेपाली राजनीतिमा गिरीजापछिका दोश्रो कुटनीतिक खेलाडी प्रचण्ड नै हुन । भलै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन प्रचण्डले फिर्ता लिइसकेका छन् । १० वर्षे युद्धका कमाण्डर प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा मुलुकमा जति चुनौति थियो त्यो भन्दा कयौ वढी चुनौती अब छन् । प्रचण्डकै भनाइलाई सापटी लिने हो भने उनले ठुलो जोखिम मोलेका छन,जसले प्रचण्डलाई फेरि एकपटक हिरो वा सधैका लागि जिरो पनि बनाइदिन सक्छ । पहिलो संविधानसभाबाट दोस्रो संविधानसभा देखि संविधान जारी हुदा एमाले तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लेको छ । एमाओवादी पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ र नेपाली कांग्रेसलाई पहिलो स्थान प्राप्त भएर जिम्मेवारी बढेको छ । यो अंकगणित फरकले नयाँ संविधानलेखनको चुनौतीलाई केही पार्दैन्थयो तर संसदीय राजनीतिमा विचार भन्दा संख्याको गणना हुन्छ । तर मुलुकलाई सहमति हिजोजत्तिकै आवश्यक छ । तर सहमती निकै असहज छ नेपालमा । नयाँ संविधान कार्यान्वयनका बाटोमा अघि बढ्ने स्थिति सहज देखिदैन् । यस्तोमा बहुमतीय आधारमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तीम कसरतमा छन् । प्रचण्डका प्रमुख चुनौती,सम्भावना के के हुन । यहाँ केलाउने प्रयास गरिएको छ । १.नौ महीनाको पहिलो कार्यकालको पाठ बिद्रोही कमाण्डर प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए एमालेको समर्थनमा । तर तत्कालीन सेनापति रुक्वाङगत कटुवाललाई बर्खास्त गर्न खोज्दा राष्ट्रपति रामबरण यादवले कटुवालको थमौती गरे । एमालेले समेत प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि नागरिक सर्वोच्चताको नारा दिदै उनले पदबाट राजीनामा दिए । सरकारमा रहदा उनले न सपार्न सके न त विगारे नै । प्रचण्डको ९ महीने कार्यकालमा मुलुकलाई घाटा र नाफा हुने कुनै काम भएनन् । युद्धपृष्ठभुमीबाट आएका प्रचण्डलाई केही समय सिहदरवारको राजनीति वुझ्नै लाग्यो । अब प्रचण्डले त्यो गल्ती र विगतको अनुभवको सदुपयोग पक्कै गर्नेछन् । ९ महीने कार्यकाल उनका लागि एउटा गतिलो पाठ हुनेछ । जहाँबाट उनले पार्टी र मुलुकलाई नयाँ जीवन दिनसक्छन । २. संविधानको कार्यान्वयन प्रचण्डका लागि मात्रै होइन संविधान कार्यान्वयन मुलुककै लागि सर्वाधिक महत्वको विषय हो । संविधान जारी भएको झण्डै १० महीना वित्न लाग्दा समेत संविधान कार्यान्यवन सहज रुपमा हुन सकेको छैन् । संविधानलाई लिएर मधेसवादी दल आन्दोलीत छन् । कयौ अन्य राजनीतिक समुह पनि संविधानको औचित्यमाथी प्रश्न उठाइरहेका छन् । यस्तोमा प्रचण्डले मुलुकको वागडोर सम्हाल्दा संविधानको सबल कार्यान्यवन कसरी गर्छन भन्ने ठुलो चुनौती छ । ३.मधेसलाई कन्भेन्स त्यसो त काँग्रेस एमाले भन्दा माओवादी नै मधेसका विषयमा लचक हुदै आएको हो । तुलनात्मक रुपमा प्रचण्ड ओलीभन्दा केही नरम व्यात्ति पनि हुन । खासगरि पछिल्लो समयमा मधेस र पहाडविचको खलबलिन खोजेको मनोविज्ञानलाई प्रचण्डले कसरी सम्बोधन गर्लान त्यो पनि उनका लागि अग्नीपरिक्षा नै हो । मधेसी मोर्चाका माग पुरा भएपनि जनताको लेबलमा प्रचण्ड जानुपर्छ । कमसेकम उनले मधेसमा गएर मधेसी मोर्चा,काग्रेस र एमालेका नेतालाई संगै लिएर संविधानवारे वुझाउने र मधेसका जनताका जिज्ञासा मेटाउन सक्नुपर्छ । ४.राजनीतिक एकता प्रचण्डको अर्को चुनौती हुनसक्छ राजनीतिक एकता । मुलुकमा राजनीतिक स्थायीत्व नहुदा आर्थीक क्षेत्र कमजोर बन्दै गएको यथार्थका विच उनले राजनीतिक एकताका लागि के ट्रिक अपनाउँछन यो अर्को पाटो हो । नेपाललाई अझै कम्तीमा १० वर्ष मुलधारका राजनीतिक पार्टीविबच सहकार्य,एकता र सदभावको खाचो छ । यसमा उनले सबै दललाई साथ लिन सके समस्या सहज हुनेछ । अर्कोतर्फ विप्लव,वैद्य लगायका दललाई पनि उनले राजनीतिक मुलप्रवाहमा ल्याउन जरुरी छ भने सिके राउतजस्ता विखण्डनकारीको विषयमा तत्काल एक्सन लिनुपर्छ । ५.निर्वाचनको वातावरण दलहरुविच सहमती कायम गरी प्रचण्डले निर्वाचनको सहज वातावरण बनाउन जरुरी छ । यसका लागि आम नभए अधिकतम सहमती उनले खोज्न जरुरी छ । स्थानीय होस वा संघिय अथवा केन्द्र चुनाव यसका लागि पहिले सहमती खोज्नुपर्छ । हतारमा घोषणा गरेर अर्को भुल गर्न हुदैन् । ६. वोलीमा लगाम,निर्णयमा विवेक प्रचण्डको सबैभन्दा ठुलो समस्या भनेको हतारमा बोल्ने र फुर्सदमा पछुताउने हो । त्यसकारण उनले अब कत्ति बोल्ने के बोल्ने विवेक पुर्याउन आवश्यक देखिन्छ । भावनामा वग्ने प्रचण्ड बानीका कारण उनले पटक–पटक निर्णय गर्ने र बदल्ने गरेका छन् । तसर्थ प्रचण्डले अब सल्लाहकार पनि कुटनीतिक जानकार,राजनीतिक इमान भएको राख्न जरुरी छ । ७.छिमेकीसंगको सम्बन्ध नेपालको राजनीतिमा सर्वाधिक चासो राख्ने २ छिमेकी हुन चीन र भारत । यसबाहेक अमेरीका लगायत पश्चिमा मुलुकको चासो पनि नभएको भने होइन् । योविचमा भारत र चीनसंग प्रचण्डले खेल्ने भुमिकाले नेपालको दिगो विकास,स्थायीत्व र शान्तीको दिर्घकालीनतामा प्रभाव पार्न सक्छ । चीनजादा चीनतीर र भारतजादा भारतीर ढल्कीने नीति लिन हुदैन् । यसका लागि प्रचण्डले नेपाललाई चीन र भारतविचको कडि वा पुल बनाउन सक्नुपर्छ । तिव्र आर्थीक विकासको चरणमा रहेका भारत र चीनबाट अधिकतम सहयोग लिदै स्वाधिन मुलुक निर्माणमा लाग्न जरुरी छ । - See more at: http://www.newssewa.com/content/chunauatai-safal-ki-aasafal.html#sthash.6Ua3bVkm.dpuf
Loading...
Social Buttons