Latest News

यसकारण बाबुरामले सबै नेपालीको घर नबनेसम्म आफ्नो घर नबनाउने.

काठमाडौं जेठ ३० | नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सबै नेपालीले घर नबनाएसम्म आफ्नो घर बनाउने घोषणा गरेका छन्।
आइतबार नयाँशक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उनले भने, ‘म आर्कीट्क्चर हुँ । धेरैको घरको नक्सा बनाएँ। तर म आफ्नो घरको नक्सा नबनाउने घोषणा गर्छु। कम्तीमा सबै नेपालीको आफ्नो घर नबनेसम्म म आफ्नो घर बनाउँदिनँ। सबै नेपाली सम्पन्न नभएसम्म आफ्ना लागि नीजी सम्पत्ति जोड्नतिर लाग्दिनँ।’

उनले आफू एकपटक प्रधानमन्त्री भएको भन्दै अब कुनै लोभलालच नभएको बताए। अबको आफ्नो जीवन देश विकास र नयाँ पुस्ताका लागि समर्पण गर्न चाहेको उनको भनाई छ।
उनले भने, ‘म यो देशमा बसेर देशको विकास गर्न चाहने युवाका लागि मेरो जीवन समर्पण गर्न चाहन्छु। के मैले यति गर्न नपाउने?’
संयोजक भट्टराईले गौतम बुद्धले झैं जोखिम उठाएर आफू नयाँ शक्तिमा लागेको बताए। उनले भने,’गौतम बुद्धले त्यो जोखिम नउठाएको भए सफल हुन्थे त? आफूले देशको विकास र नयाँ पुस्ताका लागि यो जोखिम मोलेको हूँ।
हिजोको क्रान्तिमा भएका घटनाहरूको छानविन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले निर्णय गर्नुपर्ने उनको भनाई छ।
उनले युवा, महिला, मजदुर तथा उद्यमीहरूलाई सम्बोधन गर्दै नयाँ शक्तिमा संगठित हुन आग्रह गरे।
Loading...