Latest News

भारतका योग गुरु रामदेवको सक्कली रुप ! याग बाबा हुन वा याैन पिपासु

यी तस्बिरमा देखिएका व्यक्ति भारतका योग गुरु रामदेव होइनन् भनेको सुन्नुभयो भने पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो ।
भारतका सञ्जय तलबार नाम गरेका यी व्यक्ति रामदेवका ‘डुप्लिकेट’ हुन् ।
कुनै बेला बस चलाएर जीविका चलाउने उनी अहिले रामदेवजस्तो देखिने मुख र जीउडालबाटै गुजारा चलाउने गर्छन् ।
‘केही वर्षअघि टीभी च्यानलका मानिसले मलाई देखेर ‘तपाईं त बाबा रामदेवजस्तै हुनुहुँदो रहेछ’ भने ।
त्यसपछि मैले रामदेवको जस्तो पहिरन र हाउभाउमा आफूलाई उतार्ने प्रयास गर्न थालेको हुँ,’ उनले भने ।
उनको बायाँ आँखा फड्फडाउने र चिम्सो देखिने गथ्र्यो । पहिले उनलाई बायाँ आँखासँग दिक्क लाग्थ्यो ।
‘तर, यो आँखा मेरा लागि वरदान सिद्ध भयो । रामदेवको बायाँ आँखा पनि यस्तै छ,’ उनले भने ।
रामदेवजस्तो भएर विभिन्न विज्ञापन, हास्य कार्यक्रम आदिमा अभिनय गर्दै जीविकोपार्जन गर्न उनले सुरु गरिसकेका छन् ।
‘बाबा रामदेवबारे बनेको एउटा कमेडी फिल्ममा काम गरिसकेको छु । विभिन्न विज्ञापनमा रामदेव भएर मोडलिङसमेत गरिसकेको छु,’ उनले भने । रामदेवबाट प्रभावित भएर आफूले बिहान–बिहान योग गर्न समेत सुरु गरेको उनले बताए ।
Loading...