Latest News

नक्कली पाइलट जेल चलान, इन्जिनियर ९ हजार धरौटीमै छुटे


काठमाडौं, २५ जेठ । नक्कली शैक्षिक प्रमाणपत्रकारी पाइलट जेल चलान भएका छन् । तर, नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन् । एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो ।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो । मुद्दा चलाइएका १० इन्जिनियर ९ हजार धरौटीमा छुटेका छन् । पाइलट विशाल कार्की भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।


अनुसन्धान पनि फितलो

नक्कली पाइलटविरुद्ध सीता एयरले समेत गठीको उजुरी दिएको थियो । नागरिक उड्ययन प्राधिकरणले पनि कारबाहीका लागि निवेदन दिएको थियो ।

तर, नक्कली इन्जिनियरविरुद्ध जाहेरी नै परेन । इन्जिनियरिङ काउन्सिल तथा सम्बन्धित कलेजले उनीहरुविरुद्ध जाहेरी नदिँदा इन्जिनियरहरुको मुद्दा कमजोर बनेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Loading...