Latest News

डा. भट्टराईको कार्यक्रममा ओली सरकार मुर्दावाद भन्ने यी को हुन?

काठमाडौं, ३० जेठ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

ओली सरकारले ल्गाएको बजेट नश्लवादीका लागि मात्र भएको भन्दै विरोध जनाएका हुन । उनले ओली सरकारले घर घरमा ग्याँस  पुरयाउने, रेल कुदाउने भन्दै जनतालाई ढाँटेको भन्दै विरोध गरेका हुन ।


हावाबाट बिजुली निकाल्ने भनेर जनता झुक्याए, बजेटमा एक अक्षर पनि नलेखेको उनको गुनासो थियो । नयाँ शक्तिले संघीयतालाई छुटाउन खोजेको भन्दै घोषणा पत्रमा संघीयता राख्न आग्रह गरे । उनले जाँदा जाँदै ओली सरकारको विरोध गर्दै ‘ओली सरकार मुर्दावाद, मुर्दावाद, मुर्दावाद’ भन्दै बाहिरीए ।

-
Loading...