Latest News

नयाँ शक्तिको सभाः आकाशमा ड्रोन (तस्विर सहित)

३० जेठ, काठमाडौं ।

नयाँ शक्तिले भव्य समारोहकाबीच पार्टी गठनको घोषणा गरिसकेको छ ।नयाँ शक्तिको पार्टी घोषणा सभामा ड्रोन क्यामेराको पनि प्रयोग गरिएको छ ।


बाबुरामको नयाँ शक्ति घोषणा सभामा आकाशमा ड्रोन देखिएको हो । नयाँ शक्ति घोषणा सभाको दृष्य खिच्नका लागि उक्त ड्रोन प्रयोग भएको देखिएको छ ।

पछिल्लो समयमा नेपालमा अनुमति नलिइकन ड्रोन क्यामेरा चलाउन निषेध गरिएको छ ।

प्राकृतिक सुन्दरता धार्मिकस्थल, हिम शृंखला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमतिविना ड्रो क्यामेरा मार्फत तस्वीर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

खासगरी बैशाख १२ को विनाशकारी भूकम्पछि ड्रोन चलाउनेको संख्या उल्लेख्य मात्रामा बृद्धि भएपछि सरकारले गत कार्त्तिकमा ड्रोन प्रयोग सम्बन्धी निर्देशिका जारी गरेको थियो ।
Loading...