Latest News

भैंसी चराउन गएकी बोल्न नसक्ने महिलालाई हात खुट्टा बाँधेर झाडीमा फाले र साँझ परेपछि सशस्त्र प्रहरीका जवानहरुले पालैपालो बलात्कार गरे


कपिलवस्तु, ३१ जेठ । सशस्त्र प्रहरीका जवान लोकराज वस्तीले कपिलवस्तुको शिवराज नगरपालिका,१० की महिलालाई बलात्कार गरेका छन् ।

बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा वस्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल विन्ध्यावासीनी गणले वस्तीलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा जिम्मा लगाएको स्थानीय जनक केसीले बताए ।
भैंसी चराउन गएकी महिलालाई हात खुट्टा बाँधेर बलात्कार गरेको स्थानीयले बताएका छन् ।
घटनास्थलबाट सशस्त्र प्रहरीले चप्पल, खेल पोशाक एक जोर, फुटेका चुरा र साबुन नियन्त्रणमा लिएको बताइएको छ । हाल महिलालाई चन्द्रौटास्थित सन्जीवनी सामुदायिक अस्पतालमा उपचार गराईएको बताईएको छ । आक्रोशित स्थानीयले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए ।

Loading...