Latest News

भारतीय मिडियाले जोड्यो पूर्वराजाहरु स्व.वीरेन्द्र र ज्ञानेन्द्रसँगै बाबुराम भट्टराईको नाम

एजेन्सी– भारतको एक स्थापित मिडियाले भारतमा अध्ययन गरेका विश्वका चर्चित १४ नेताहरुमध्ये (राज्यप्रमुखसहित) नेपालका दुई पूर्वराजा र एक नेताको नाम सुचीमा राखेको छ ।
भारतीय डिजिटल पत्रिका (समाचार साइट) नवभारत टाइम्सले नेपालका पूर्वराजाहरु स्व.वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहसँगै पूर्व माओवादी नेता अर्थात भर्खरै घोषणा भएको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई सो सूचीमा राखेको हो ।

यी तीनै जनाले भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेको र विश्व चर्चित लिडर भएको समेत उसले बताएको छ । य ती व्यक्तित्वहरुमध्ये स्व.राजा वीरेन्द्र शाहले भारतको दाजिर्लिङस्थित सेन्ट जोसेफमा अध्ययन गरेका थिए ।
राजा वीरेन्द्र सन् १९७२ देखि सन् २००१ सम्म नेपालको ११ औं राजा थिए । त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भारतको दार्जिलिङको सेन्ट जोसेफमै अध्ययन गरेका थिए । उनी सन् २००१ देखि सन् २००८ सम्म नेपालको १२ औं राजा भएका थिए ।
त्यस्तै, सो मिडियाले नेपालका पूर्व प्रधानमन्त्री समेत भैसकेका डा.बाबुराम भट्टराईलाई पनि आफ्नो मुलुकमा अध्ययन गरेर विश्व चर्चित लिडर भएको बताएको छ । बाबुरामले सन् १९७० को दशकमा चण्डीगढ कलेज अफ आर्किटेक्चर र स्कुल अफ प्लालिनिङ एण्ड आर्किटेक्चरबाट अध्ययन सकेका थिए । त्यस्तै, उनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा विद्यावारिधी गरेका थिए ।
नेपालका यी लिडरहरुसहित म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकी, मलावीका पूर्वराष्ट्रपति बिंगू वा मुतारिका, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद करजाई,नाइजेरियाका पूर्व राष्ट्रपति आलसेगुन अबासांजो,बंगलादेशका राष्ट्रपति, जनरल हुसैन मुहम्मद इरशाद, इरानका पूर्व विदेशमन्त्री मनोचहर मुत्तकी, फिजीका प्रधानमन्त्री सिटवेनी रबुकालाई पनि सुचीमा राखिएको छ ।
त्यस्तै, तान्जानियाका पूर्वप्रधानमन्त्री जाँन सैमुएल मैलसेला, घानाका पूर्व राष्ट्र प्रमुख जनरल फ्रेडरिक विलियम कवासी ऐकको, भूटानका राजा जिगमे खेसर नामग्याल वांगचुक र भूटानकै पूर्वराजा जिगमे सिंगी वांगचुकलाई सो मिडियाले सुचीमा राखेको छ ।
आङसान सुकी एक नम्बरमा रहेकी छिन् भने नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई छैटौ नम्बरमा रहेका छन् । पूर्व राजास्व.वीरेन्द्र आठौ नम्बरमा रहेका छन् भने पूर्वराजा ज्ञानेन्द्र नवौ नम्बरमा रहेका छन् ।

Loading...