Loading...
काठमाडौं: नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले पुष्टि गरे ।
खानेकुरा खानेबित्तिकै बान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका प्रमुख तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा र कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिए ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मे गुरुङले नेपाली संगीतक्षेत्रको उत्थानका लागि महत्वपूर्ण योगदान दिएका छन् ।
राष्ट्रिय गानका संगीतकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरुमा स्वर तथा संगीत भरेका छन् ।
उनले महाकबि देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि संगित दिएका थिए ।
गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् ।
-

Social Buttons