Latest News

सुनको छाना र गजुरसहितको सुन्दर नेपाल बनाउछु ;;बाबुराम


काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देश विकासको अर्जुन दृष्टि आफूसँग मात्र भएको बताएका छन् ।

पार्टी घोषणा सभालाई दशरथ रंगशालामा सम्बोधन गर्दै भट्टराईले महाभारतको कथालाई जोडेर देश विकासको अर्जुन दृष्टि आफूसँग मात्र भएको दाबी गरेका हुन् ।

पाँच पाण्डव र गुरु द्रोणचार्यको धनुवाण अभ्यासको कथा भन्दै बाबुरामले अर्जुन दृष्टिको चर्चा गरेका हुन् ।

दोणचार्यले चरो रुखा राखेर पाँच पाण्डवलाई धनुवाणको तालिम दिएको र चरो रुमा राखेर पाँचै पाण्डवको दूरदृष्टि जाँचेको बताए । चरोलाई कसैले हाँगो, कसैले पात, कसैले रुख भनेको तर अर्जुनले चाहिँ चराको आँखा देखेको चर्चा गर्दै अर्जुन चरो खसाल्न सफल भएको उल्लेख गरे ।

भट्टराईले माथिको प्रशंग जोड्दै अहिले नेपालको समृद्धिका लागि अर्जुन दुष्टि आवश्यक भएको बताए । उनले भने, ‘त्यसैले आज अर्जुन दृष्टिको चर्चा हुन्छ । आजको नेपाललाई आर्थिक समृद्धि र विकासमा लान हामीले अर्जुन दृष्टि लगाउनुपर्छ ।'

भूगोलले मात्र देश बन्दैन
बाबुरामले भूगोलले मात्र देश नबन्ने बताउदै राजनीतिक अधिकारले जनतालाई सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

उनले भौगोलिक एकीकरणले घरको जग निर्माण भएको लोकतान्त्रिकरणले पिलरको काम गरेको र अब भित्ता र छानु हाल्नुपर्ने आवश्यकता औँल्याए ।

‘भित्ता र छानो हाल्न नसकेसम्म देश बन्न सक्दैन् । छानो र भित्ता नभएको घरमा बस्न नसकेर युवा विदेश जान बाध्य छन् । यिनै कुरालाई केन्दैमा राखेर हामीले नयाँ शक्ति घोषणा गरेका छौँ,' बाबुरामले भने ।
सुनको छाना र गजुरसहितको सुन्दर नेपाल बनाउछु
त्यस्तै, बाबुरामले पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मले भौगोलिक एकीकरण गरेको देशलाई सुनको छाना र गजुर हालेर सुन्दर बनाउने बताए ।

भट्टराईले भने, ‘भौगोलिक रुपमा एकीकरण भएको घरमाथि सुनको छाना र सुनको गजुर हालेर सुन्दर नेपाल बनाउनु पर्छ । त्यसका लागि नयाँ शक्ति घोषणा भएको छ ।'

बाबुरामले निर्वाचन आयोगमा संख्या थप्न मात्र पार्टी घोषणा नभएको समेत स्पष्ट पारे । ‘निर्वाचन आयोगमा १८० पार्टी छन् । नयाँ शक्ति नेपाल थप १ पार्टी मात्र होइन् । यो वैकल्पिक सोच र संस्कृतिको एक अभियान हो,' बाबुरामले भने ।

बाबुरामले सार्वजनिक स्थलमा हजारौँको उपस्थितिका बीच पार्टी घोषणा संसारमा कतै नभएको समेत बताए । भट्टराईले नयाँ शक्ति घोषणामा साक्षी बस्न पाउने सबै भाग्यमानी भएको दाबी गरे ।

बाबुरामले युवालाई देशमै रोजगारी दिने बताउँदै भने, ‘तपाईंहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्न चाहन्छु ।'

उनले युवालाई देशमा रोजगारी दिन नसके राष्ट्रियता नरहने बताउँदै भने, ‘हामीले हाम्रा युवा र छोराछोरीलाई देशमा रोजगारी दिन सकेनौँ भने यो देश बुढाखाडा मात्र बस्ने दशे बन्छ र राष्ट्रियता खतरामा पर्छ ।'
Loading...