Latest News

विप्लब माओवादीलाई कारवाही गर्ने गृहमन्त्रीको घोषणा !!!


काठमाडौं, जेठ ३० । गृहमन्त्री शक्तिबहादुर बस्नेतले एनसेलको टावरमा आक्रमण गर्ने विप्लव माओवादीलाई कानुनको दायरामा ल्याउने घोषणा गरेका छन् । उनले शान्तिसुरक्षा कायम गर्न र संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै एनसेल टावरा क्षति पुर्‍याउनेलाई कारवाही गर्ने बताएका हुन् ।

प्रेस सेन्टर कास्कीले आइतवार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले भने –‘दुर्गम र विकट क्षेत्रमा भएका एनसेलका टावरहरुमा मात्र आक्रमण भएको छ । यस आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । आक्रमणकारीलाई कानूनी दायरामा ल्याइन्छ ।’

नगर क्षेत्रभन्दा अलि टाढाका टावरमा क्षति पुर्याएइएकाले उनले आक्रमण भएको ठाउँमा र हुन सक्ने ठाउँमा कडा सुरक्षा व्यवस्था गरेको बताए ।
Loading...