Latest News

सांकेतिक भाषामा बलात्कृत महिलाले भनिन्, ‘१० जना सशस्त्र पालैपालो ममाथि चढे’


काठमाडौं–कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार भएको छ ।

भैंसी चराउँदै करिब ७ बजे साँझ जबई खोलामा पानी खुवाउन गएकी ३५ वर्षीया चौधरी महिला आइतबार बलात्कृत भएकी हुन् ।

उनको अवस्था गम्भिर छ । सोमबार साँझसम्म पनि उनी अर्धचेत अवस्थामा छिन् । टाउकामा गम्भीर चोट लागेको छ । शरीरभरी दाँतले टोकेका डाम छन् ।

हातखुट्टामा रसीले बानेको जस्ता देखिने छाप छन् । रक्तस्राव रोकिएको छैन । आइतबार साँझ नै आफन्तले उपचारको लागि लुम्बिनी अस्पताल ल्याएका थिए ।

बलात्कारमा चन्द्रौटामा रहेका विन्दावासिनी गणका १० जना सशस्त्र प्रहरी संलग्न भएको महिलाले सांकेतिक भाषामार्फत आफन्तलाई बताएकी छिन् ।

‘हातखुट्टा बाँधेर १० जनाले पालैपालो बलात्कार गरे,’ उनको बोली उद्वृत गर्दै भाउजू रामदुलारी चौधरीले भनिन्, ‘नमानेपछि टोक्ने, ढुंगामा ठोक्ने र कुट्ने पनि गरेका थिए रे ।’

महिला राति घिस्रिदैँ नजिकैको न्यौपाने थरका छिमेकीको घरमा आएर गुहार मागेकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Loading...