Latest News

रामशरण महत दलाल र यूएनका साना कर्मचारी हुनः सुजाता कोइराला


जेठ १९ विराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले रामशरण महतलाई दलालको संज्ञा दिएकी छिन । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै रामशरण महत रहेसम्म कांग्रेस नसुध्रने कडा अभिव्यक्ति  दिएकी छिन । उनले पत्रकारहरुसँग कुरा गर्दै प्रजातन्त्र समाप्त गर्ने रामशरण महत जस्ता दलालहरु लागिपरेका आरोप समेत लगाइन । ‘डेमोक्रेसीलाई समाप्त पार्न रामशरण महतजस्ता दलालहरु लागिरहेका छन् । दलालहरुलाई हामीले पार्टीबाट तत्काल  निश्काशन गरिएन भने यो पार्टी सुध्रिंदैन’ कोइरालाले भनिन् ‘पार्टी सुधार्ने हो भने दलालहरुलाई हटाउनु पर्छ ।’ उनले विगतमा पनि गिरिजाबाबुलाई सहयोग नभई रामशरणले अप्ठेरोमा पार्ने गरेको बताइन । ‘६ पटक अर्थमन्त्री बन्नुभयो तर कहिल्यै राम्रो काम गर्नु भएन’ । म्हत संयुक्त राष्ट्रसंघको सानो कर्मचारी भएको आरोप पनि लगाइन । ‘कर्मचारीबाट टिपेर ल्याउनु पर्ने वाध्यता थियो त्यसबेला, गिरिजाबाबुले ल्याउनु भयो तर अहिले प्रजातान्त्रका लागि खतरा बनेका छन् ।’ इकोनोमिक एरियामा त्यसबेला राम्रो मान्छे नभएका कारण उनलाई ल्याइएको बताइन । ‘रामशरणसँग ग्रिनकार्ड छ भने पत्ता लगाएर कारबाही गर्नु पर्छ । म लालबाबुजीलाई धन्यवाद दिन चाहन्छु, जसले ग्रिनकार्ड राखेर यहाँ बसेका छन् तिनीहरुलाई सकिन्छ भने आजीवन कारावास राख्नु पर्छ नभए १० वर्ष करावास हाल्नु पर्छ’ उनले भनिन् ‘आज रामशरण जस्ता ब्यक्तिहरुले गर्दाखेरी मुलुक बिग्रेको छ । हामी सतर्क हुनु पर्छ । एउटा कुरा भन्छुः गिरिजाबाबुजस्तो प्रजातन्त्रवादीलाई समाप्त पार्न लागेका छन, त्यस्तो गरे यो मुलुकमा प्रजातन्त्र पनि रहंदैन नेपाली कांग्रेस पनि समाप्त हुन्छ,।by ’एस काठमाडौं 
Loading...