Loading...
काठमाण्डु, १९ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई साता लामो भ्रमणका लागि चीन जाने तयारी भएको स्रोतले बताएको छ । तर, उनी चीन जाने या नजाने भन्नेबारे अन्तिम निर्णय भने अझै भइसकेको छैन ।
यसअघि पनि भारतको निमन्त्राणामा एक हप्ते भ्रमणका लागि च्रचण्ड भारत जाने भनिएता पनि अन्तिम समयमा देशको परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण रद्ध गरेका थिए । तर, उनी चीन जाने औपचारिक घोषणा नभएता पनि चीन जाने विषयले भने भारतमा राम्रै चर्चा पाउने भएको छ ।
किन हुन्छ चर्चा
प्रचण्ड चीन भ्रमणमा जाने विषयले भारतमा चर्चा पाउनुको मुख्य कारण उनले भारत भ्रमणको निम्तो टुक्रयाउनु नै हुनेछ । किन कि भारतको उच्च राजनीतिक स्तरबाट आएको निमन्त्रणालाई टुक्राएका प्रचण्ड चीनको भ्रमणमा जाँदा भारत सरकार र विशेषगरी नरेन्द्र मोदी सरकारप्रति प्रश्न उठ्न सक्छ ।
भारतको प्रतिपक्ष दल कांग्रेसले छिमेकी देशप्रति मोदी सरकारको नीति असफल भएको आरोप लगाइरहेका बेला प्रचण्ड भारत नगएर चीन जानुले चर्चा पाउने पक्का छ ।
प्रचण्डका लागि चीन भ्रमण किन आवश्यक
त्यसो त देशको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर राख्ने हो भने भारतीय नाकाबन्दीमा भारतको चर्को विरोध गरेका प्रचण्ड भारतभन्दा चीनसँग नजिक मानिन्छन् ।
पछिल्लो समय प्रचण्डले कांग्रेससँग मिलेर सरकार गठन गर्न थालेको विषयमा रुष्ट रहेको चीन अहिले पनि सरकार परिवर्तन गर्न नहुने पक्षमा छ ।
तर, आफ्नो क्षमता हुँदाहुँदै सरकारको नेतृत्व गर्नबाट सधै ठगिने गरेका प्रचण्ड भने यसपटक जसरी भएपनि सरकारको नेतृत्व गर्ने पक्षमा रहेका छन् । त्यसैले पनि चीनको उच्च राजनीतिक नेतृत्वसँग भेट गरी उनले सरकार परिवर्तनको विषयमा कुरा राख्न सक्ने बुझिएको छ ।
प्रचण्डसँग अर्का चीनसँग निकै निकट सम्बन्ध भएका नेता कृष्णबहादुर महरा पनि चीन जाने भएकाले भ्रमणलाई अझ महत्वका साथ लिइएको छ ।
-
Loading...

Social Buttons