Latest News

मुकुन्डोधारीले निकाले नारायणहिटीमा जुलुस, श्रुति र पारसकी छोरीले गाइन् ‘श्रीमान् गम्भीर…’

जेठ, काठमाडौं : राजदरबार हत्याकान्डको १५ वर्षपछि राजधानीमा एउटा अनौठो र्‍याली निस्कियो। जेठ १९ गतेको दिन पारेर सि नेपालको आयोजना र हिमानी ट्रस्टसमेतका संस्थाको सहकार्यमा मुकुन्डोधारी मोटरसाइकल र्‍यालि निस्कियो।
दरबार हत्याकान्डमा गोली चलाउने व्यक्ति तत्कालीन युवराज दीपेन्द्र नै रहेको आधिकारिक छानबिन प्रतिवेदन लगायत प्रत्यक्षदर्शीहरुको भनाई छ तर अनेकौँ षड्यन्त्र सिद्धान्तहरुमध्येको एकमा मुकुन्डोधारीले गोली चलाएको हुनसक्ने भन्ने पनि छ।

भृकुटीमण्डपबाट निस्केको र्‍याली काठमाडौँ नगर परिक्रमा गर्दै नारायणहिटी दरबारको गेटमा बिसर्जन भएको थियो। राति ९ बजेर १५ मिनेटको समयमा हत्याकान्डमा मारिएकी तत्कालीन अधिराजकुमारी श्रुतिकी छोरीहरु पारसका छोराछोरीले मैनबत्ती बालेर तथा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जलि दिएका थिए।

उनीहरुले पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली पनि गाएका थिए।

Loading...