Latest News

एक क्लीकमै हुन्छ धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती निर्माणमा सहयोग -

काठमाडौं, १९ वैशाख । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण अभियानमा सजिलै सहयोग गर्न सकिने भएको छ ।

विदेशमा रहेर धुर्मुस सुन्तलीको यो अभियानलाई गो फण्डमी मार्फत एक क्लीकमै सहयोग गर्न सकिने भएको हो । देशनिर्माण हामी सबैको अभियाननारासहित सुरु भएको सिन्धुपाल्चोक गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि सहयोग गर्न चाहानेहरुलाई सजीलो बनाउन र नयाँप्रविधिको उपयोग गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।


धुर्मुस सुन्तलीको बस्ती निर्माण अभियानमा सघाउन  https://www.gofundme.com/274vdtqc, https://www.gofundme.com/274vdtqc यो लिंकमा क्लीकगरि आफुले चाहे जति सहयोग गर्न सकिनेछ । विशेषत युरोपेली मुलुकमा भएका नेपाल प्रेमीदाजुभाई तथा दिदीबहिनीहरुको सजीलोको लागि यो व्यवस्था गरिएको जनाएको छ ।

Loading...