Latest News

के रणभूमी बन्ला काठमाडौँ ? रत्तपात गराउने मोर्चाको यस्तो छ तयारी !!!


१ जेठ, काठमाडौँ ।  तराईमा आन्दोलन गर्दै आएका मधेसवादी दलहरुले काठमाडौंमा आन्दोलन चर्काउँदै छन् । आन्दोलनकालागि मधेसबाट धमाधम मान्छेहरु काठमाडौँ प्रवेश गरिरहेका छन् । ७ महिनाको आन्दोलन र नाकाबन्दीपछि गरिएको यो आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य सहित मोर्चा तयारी गरिरहेको छ ।  आन्दोलनमा जसरी भएपनि प्रहरीलाई दमन गर्ने स्थिति सिर्जना गर्ने योजनामा मोर्चा रहेको स्रोत बताउँछ ।  सरकारलाई दमन गर्न बाध्य बनाउने र त्यसैको विरोध गरेर आन्दोलन सफल पार्ने मोर्चाको योजना सुरक्षा निकायसम्म पनि पुगिसकेको छ ।   संघीय गठबन्धनको नामबाट देशब्यापी आन्दोलन घोषणा गरेको मोर्चाले काठमाडौँमा सिंहदरवार घेर्ने कार्यक्रम छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने र प्रहरीसँग प्रतिकारमा उत्रिने मोर्चाको रणनिति भएको स्रोत बताउँछ ।  मोर्चाको आन्दोलनमा जनजातिहरुको पनि साथ रहेको छ ।    मोर्चाले राजधानी केन्द्रित प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा हेरेको छ ।  मोर्चाले बारा, पर्सा, रौतहट, सिराहा, जनकपुर, धनुषा, महोत्तरी र सर्लाहीबाट हजारौंको संख्यामा कार्यकर्ता राजधानी उतारेको छ ।   प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने मधेसी मोर्चाको सिंहदरबार घेराउमा प्रहरी संयमित हुन र सकेसम्म कम बल प्रयोग गर्न निर्देशन दिएका छन् ।  प्रहरीलाई बदनाम गराउने उद्देश्य मोर्चाको रहेको थाहापाएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।  काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गरेर सकेसम्म राज्यबाटै बल प्रयोग गरोस् र त्यही घटनालाई लिएर सरकारले मधेसीमाथि दमन गर्‌यो भनेर उक्त घटनालाई उत्तेजित बनाई परिस्थितिलाई असामान्य बनाउने प्रयास भइरहेको विश्लेषण गर्दै प्रहरीले संयमित हुने निर्णय गरेको हो । 
Loading...