Latest News

खाडीमा काम गर्न जाने नेपाली कामदारको स्वास्थ्य अवस्था जटिल वन्दै, दैनिक दुई चार शव फर्किने

खाडीमा काम गर्न जाने नेपाली कामदारको स्वास्थ्य अवस्था जटिल वन्दै, दैनिक दुई चार शव फर्किने खाडीमा सयौं विरामी

गरिबी र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन खाडी मुलुक गएकाहरुमा पछिल्लो समय जटिल स्वास्थ्य समस्या बढ्दो छ । कडा परिश्रमका कारण उनीहरुमा मृगौला मुटु लगायतका जटिल स्वास्थ्य समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

धन कमाउने आशमा खाडी पुगेर मृगौला फेल भएर फर्किनेहरुले खाडी मुलुक जानेहरुलाई स्वास्थ्यको ख्याल गरेर काम गर्न सुझाब समेत दिएका छन् ।
नेपालबाट एक हप्ता अगाडि मात्र कुवेत गएका म्याग्दीको मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको शनिबार राति सुतेकै ठाउँमा मृत्यु भयो । त्यसैगरि धनुषा का महमद अन्सारीको पनि साउदीमा काम गरेको केहि बर्ष मै दुवै किड्नी फेल भएपछि अहिले नेपाल मानब अंग प्रत्यारोपण केन्द्रमा किड्नी प्रत्यारोपण गरेर उपचार गराई रहेका छन् ।


साउदी गएर कडा परिश्रम गरेर कमाएको पैसा दुवै किड्नी फेल भए पछि उपचार मै सकिएको उनी बताउँछन् । नेपाल बाट जानु अगाडि आफ्नो स्वास्थ्य ठीक रहेको र साउदीमा कार्पेट काट्ने मेसिनमा कडा परिश्रमले किड्नी फेल भएको हुन् सक्ने उनको अनुमान छ ।

बैदेशिक रोजगारमा जाँदा मेडिकल चेकजांचमा स्वास्थ्य रहेका नेपाली युवाहरु खाडीमा गए पछि बिस्तारै बिभिन्न स्वास्थ्य समस्या देखिने गर्छ कति त बिरामी भएर फर्किन्छन् कति मृगौला फेल भएर । मुटुको रोग लागेर त कत्ति क्यान्सर भएर नेपाल फर्किन्छन् भने धेरैले ज्यान समेत गुमाएका छन् नेपालमा दैनिक ५ ÷ ७ जनाको शब खाडी मुलुकबाट आउने गरेको छ । साउदीबाट दुवै मृगौला फेल भएर फर्किएका धनुषाका महमद अन्सारीले खाडीमा काम गर्ने सबै नेपालीलाइ आफ्नो स्वास्थ्य ख्याल गरेर काम गर्न र खानपानमा ध्यान दिन सुझाब दिन्छन् ।

चिकित्सकहरुक अनुसार क्यान्सर मृगौला रोग मुटु लगायतका जटिल स्वास्थ्य समस्याहरु लिएर आउनेहरुलाई सोध्दा धेरै जसो पहिलो पटक बैदेशिक रोजगार गएकाहरु हुने गरेको बताएका छन् । गरिबीको कारण स्वास्थ्यको ख्याल नगरी खाडीमा कडा परिश्रम गरि कमाएको धन पछि गएर स्वास्थ्य उपचार मै खर्च गर्नु पर्ने बाध्यता धेरैका लागि आइपरेको छ । न्युज२४मा समाचार छ |

-
Loading...