Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

नेपालका दुईसहित एसियाका पाँच बैंकको सिस्टम ह्याक !! ह्याकरहरुले ट्विटर एकाउन्टबाट यस्तो चेतावनीसहित सार्वजनिक

काठमाडौं: टर्किस ह्याकिङ ग्रुप बोजकुर्तलरले नेपालका दुईसहित दक्षिण एसियाका पाँचवटा बैंकको सिष्टम ह्याक गरेर डाटा चोरी गरेको खुलासा भएको छ। 


ह्याकरको समूहले काठमाडौंस्थित सानिमा बैंक र बिजिनेस यूनिभर्सल डेभेलपमेन्ट बैंकको सिस्टम ह्याक गरेर डाटा चोरी गरेको हो।


ह्याकरहरुले बंगलादेशको ढाकामा रहेका डच बंगला बैंक, द सिटी बैंक र ट्रस्ट बैंकको सिष्टम ह्याक गरेर डाटा चोरी गरेको रहस्य खुलेको हो। यी पाँचै बैंकका सूचनाहरु उनीहरुरुले चोरेर आफ्नो ट्विटर एकाउन्टबाट चेतावनीसहित सार्वजनिक गर्दै आएका छन्। 

ह्याकरका कारण यी पाँच बैंकलाई तनाव भएको छ। बैंकहरुको सिष्टममा रहेको डाटा चोरी भएपछि ग्राहकहरुमा असर पर्ने भन्दै सबै बैंकहरुले आफ्नो सूचना सुरक्षा अधिकारीलाई पनि दिएका छैनन्। 

तर, बैंकको सूचना सुरक्षा हेर्ने विज्ञहरुले बोजकुर्तलरलाई पछ्याइरहँदा ती बैंकहरुको खास डाटाहरु ह्याकरसँग रहेको खुलेकोछ । यसले बैंकहरुलाई निकट भविष्यमै समस्यामा पार्ने दाबी विज्ञहरुले गरेका छन्। 

बिजिनेस यूनिभर्सल डेभेलपमेन्ट बैंकको २५१ एमबी, सानिमा विकास बैंकको ४७ एमबी, द सिटी बैंकको ११.२ एमबी,  ट्रस्ट बैंक को ९५ केबी र  डच बंगला बैंकको ३१२ केबी डाटा ह्याकरहरुको समूहले चोरी गरेको खुलेको हो।
Annapurnapost
Loading...