Latest News

ज्यादतकिो पनि सिमा हुन्छ ;; डिएसपीका मावलीमा कुखुरा खोर बनाउँदै प्रहरी !!

काठमाडौं, ३ जेठ । सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहाँ हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ ।

तस्बिरमा देखिएका युवाहरू बर्दी नलगाए पनि सशस्त्र प्रहरीका जुनियर अधिकारी हुन् । उनीहरू इलामको श्रीअन्तु गुल्मका गुल्मपति डिएसपी लकेश तुम्बाहाम्फेका मामाको घरमा कुखुराको खोर बनाउँदै छन् । स्थानीय दीपराज आङदेम्बेलाई कुखुरा पाल्न मन लाग्यो । तर, खोर बनाउने कसले ?


समस्याको समाधान सशस्त्र प्रहरीका हाकिमले गरिदिए । उनका भान्जाभाइ तुम्बाहाम्फे प्रहरीका डिएसपी भएकाले जवानहरू खोर बनाउन खटिए ।

गुल्मपतिले थर्काएपछि फार्म बनाउन तयार

आइतबार दिनभरि श्रीअन्तु गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, वरिष्ठ प्रहरी हवल्दार दानबहादुर राई र सहायक हवल्दार गंगा खवास कुखुराको खोर बनाउन खटिएका थिए । सुरुमा उनीहरूले अरूको काम गर्न जान अस्वीकार गरेपछि डिएसपी तुम्बाहाम्फेले थर्काएर पठाएको गुल्म स्रोत बताएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Loading...