Latest News

प्रधानमन्त्री ओलीले दुई वर्षमा घर, ३ वर्षमा विद्यालय र ५ वर्षमा मन्दिर पुनर्निर्माणको खाका सार्वजनिक -

यसअघि राष्ट्रिय योजना आयोगले गरेको पूर्वानुमान प्रतिवेदनमा ६ खर्ब ६९ अर्बको प्रक्षेपण गरिएको थियो । सो प्रक्षेपणको सट्टामा नभएर त्यसभित्र व्यवस्था गरिएको प्रावधानअनुसार विस्तृत प्रतिवेदन तयार पारिएको र विभिन्न कारणले प्रक्षेपण अलिकति बढेको प्रधानमन्त्री ओलीले जानकारी दिए । यो प्रतिवेदन पुनर्निर्माणको कार्यान्वयनमा बढी केन्द्रित रहेको उनले बताए ।


पाँच वर्षभित्र तीन चरणमा पुनर्निमाण अभियान सम्पन्न गरिने प्रधानमन्त्रीले बताए । पहिलो चरणमा दुई वर्षभित्रमा खुल्ला आकाशमा रहेका जनतालाई छानामुनी ल्याउन निजी तथा सामुहीक आवास निर्माण सम्पन्न गरिने छ ।

यसमा बालबालिका, गर्भवति, जेष्ठ नागरिक र अपांगलाई प्राथमिकतामा राखिने बताइएको छ । यसैगरी तीन वर्षभित्र विद्यालय, कजेल स्वास्थ्य संस्था र सरकारी भवनरुको पुनर्निर्माण गरिने छ ।

तेस्रो चरणमा पाँच वर्षभित्र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरिने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीका अनुसार २० वटा क्षेत्रगत र विषयगत खाका यस प्रतिवेदनमा रहेको छ । सबैभन्दा बढी सामाजिक क्षेत्रमा ७ अर्ब ४५ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

यसैगरी उत्पादन क्षेत्रमा एक खर्ब ६ अर्ब, पूर्वाधार क्षेत्रमा ६१ अर्ब र अन्तरसम्वन्धित क्षेत्र २६ अर्ब आवश्यक पर्ने उनले जानकारी दिए ।

-
Loading...