Latest News

जिम्मेवारी नदिइएका यसरी जोतिएका छन् पुनरनिर्माणमा, जिम्मेवारी बोकेका टर्की घुम्दै रमाइलो गर्दे !!

काठमाण्डु, ११ जेठ– कहिले काहीँ संयोगबस केही घटनाहरु एकसाथ अगाडि आउँछन् । अहिले त्यस्तै भएको छ । हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तली भूकम्पपीडितको घर बनाउन अहोरात्र खटिएका छन् । उनीहरु सिन्धुपाल्चोको गिरानचौरमा दोस्रो एकीकृतबस्ती निर्माणमा जुटेका छन् ।
चलेका हास्यकलाकारमा सीताराम कट्टेल पनि पर्छन् । स्वदेश र विदेशमा हुने स्टेज कार्यक्रमबाटै उनलाई बिन्दास जीवन बाच्न पुग्छ । तर उनी भूकम्पपीडितको घर बनाउन आफै खटिएका छन् । उनी अघिल्लो पटक काभ्रेमा एकीकृतबस्ती बनाउन पनि आफै खटिएका थिए । ढुंगा बोक्ने, मसला बनाउने, काठ काट्ने, खाल्डो खन्ने, छाना छाउने जस्ता काममा उनी आफै पनि खटिए ।
अहिले पनि उनी यस्तै काममा खटिएका छन् । उनले यो काम नगर्दा पनि कसैले पनि उनलाई यो सोध्दैन थियो कि– धुर्मुसले भूकम्पपीडितको घर किन बनाएन ?
अर्कोतिर ८ लाख घर बनाउनु पर्ने जिम्मेवारी बोकेका पुनर्निर्माण प्राधिकरणका सिइयो हुन् सुशील ज्ञवाली । टर्कीमा भइरहेको राष्ट्र संघीय मानवता सम्मेलनमा ज्ञवाली पुगेका छन् । एउटा इञ्जिनियर, त्यसमाथि भत्केका घर र सम्पदा बनाउने जिम्मेवारी बोकेका व्यक्तिको मानवता सम्मेलनमा के काम ? सामान्य मान्छेले पनि ज्ञवालीको सान्दर्भिकता टर्कीमा देख्न सक्दैन । तर उनी सोर्सफोर्स राम्रै लगाएर त्यो सम्मेलमा परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापासँगै टर्की पुगेका हुन् ।
टर्कीको सम्मेलनमा उनको कुनै काम त छैन । काम नभएपछि सम्भवतः अहिले उनी घुमफिरमा रमाइरहेका होलान् ।
-
Loading...