Latest News

एनसेलको रिचार्जमा १ सयदेखि १ हजारसम्म बोनस ब्यालेन्स -

एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले २ सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार १ सयदेखि १ हजारसम्मको बोनस पाउन सक्छन् ।

यो योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुने र यही जेठ १० गतेदेखि लागू भई आगामी भदौ ४ गतेसम्म संचालन हुने कम्पनीले बताएको छ। बोनस पाउन ग्राहकले कम्तिमा २ सय वा सो भन्दा बढी मूल्यको ब्यालेन्स रिचार्ज गर्न पर्ने हुन्छ ।


यो योजना अन्र्तगत, ग्राहकले २ सयको रिचार्ज गर्दा ५ दिनको लागि मान्य हुने एक सय बोनस ब्यालेन्स पाउनेछन्। ३ सय रिचार्ज गर्दा ७ दिन समयसिमा भएको २ सय बोनस पाउनेछन् । त्यसैगरी, ५ सय र एक हजारको रिचार्ज गर्ने ग्राहकले क्रमशः ४ सय र एक हजार बोनस पाउनेछन्। ५ सय रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने एक हजारको रिचार्ज बापतको एक हजार नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ ।

‘ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रही आएको छ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ‘रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रयोग गर्ने एउटा राम्रो अवसर हुनेछ ।’

यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागू हुनेछ ।

-
Loading...