Loading...
भारतीय नागरिकहरु भन्दा नेपाली नागरिकहरु बढी खुसी देखिएको एक अध्ययन प्रतिबेदनले देखाएको छ । बुधबार राती सार्वजनिक विश्व ह्यापिनेश प्रतिबेदन अनुसार यस्तो देखिएको छ ।
संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोल्यूसन्स नेटवर्कले प्रकाशन गरेको यो रिपोर्टका अनुसार भारत भारत ११८ औं स्थानमा रहेको छ भने नेपाल १०७औं स्थानमा रहेको छ । भारतीय भन्दा पाकिस्तानका जनता बढी खुसी पर्तिबेदनमा देखिएको छ ।
सबैभन्दा खुशी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा रहेको छ । सन् २०१३ देखि अहिलेसम्म डेनमार्क पहिलो स्थानमा रहँदै आएको हो । त्यसपछि स्वीट्जरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा रहेका रहेका छन् ।
सूचीमा अमेरिका १३ औं स्थानमा रहेको छ भने वेलायत २३औं स्थानमा रहेको छ । फ्रान्स ३२ र इटली ५०औं नम्बरमा रहेका छन् । त्यस्तै जापान ५३ औं, पाकिस्तान ९२ औं स्थानमा छन् । सुचीको अन्तिममा बुरुन्डी, सिरिया, टोगो, अफगानिस्तान, वेनिस, रुवान्डा, गिनी, लाइवेरिया, तान्जानिया र मेडागास्कर छन् । रिपोर्टमा १५६ देशको अध्ययन सर्वेक्षण उल्लेख गरिएको छ । आगामी आइताबार विश्व खुशी दिवस मनाईंदै छ ।@news24
-
Loading...
Social Buttons