Latest News

अदालतप्रति प्रचण्डको आक्रोस, आफु जेल जानुपरे देउवालाई पनि सँगै लिएर जाने !!

काठमाण्डौ: युद्धकालिन मुद्दालाई अदालती प्रक्रियावाट पुरा गर्न खोजे कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफुसँगै जेल जानुपर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

बृहत शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले युद्धकालीन समयमा बिद्रोही पक्षको नेतृत्वमा आफु रहेको र राज्यको तर्फवाट दमन गर्ने नेतृत्व देउवाले गरेको हुँदा उनि पनि जेल जानु पर्ने दिन आउने धारणा राखे ।

दाहालले आक्रोस पोख्दै भने जुन दिन युद्धकालिन मुद्दाले म जेल जानुपर्ने वातावरण बन्छ त्यो दिन शेरबहादुरजी पनि सँगसँगै जेल जानु पर्ने बताए । बिस्तृत शान्ति सम्झौताको मुलमर्म बिपरित युद्धकालिन मुद्दालाई ब्युँताउने कोशिस भइरहेकोमा उनले आपत्ति जनाए ।

दाहालले आक्रामक शैलीमा प्रस्तुत हँदै भने अदालत के हो ? अदालतले आफ्नो प्रक्रियामा जानु पर्दैन ?अदालतका कारण मुलुकमा गम्भीर घटना हुने वातावरण निर्माण हुनु राम्रो हो ? द्वन्द्वकालीन मुद्दाको निरूपण त सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने हो ।

अदालती प्रक्रियावाट माओवादी शक्तिहरुलाई फसाउन लागेको पनि आरोप समेत लगाए । अहिले माओवादीको बिरुद्ध अदालतलाई अघि बढाइदैछ, कतिपय मुद्दा ब्युँत्याएर दिउँसै रात पार्ने काम अदालतले गरेको उनले दावी गरे ।

युद्धकालिन मुद्दाहरु सत्यनिरुपणवाट टुंगाउनु पर्छ, अदालतबाट होइन् । न्यायालयले पनि परिवर्तनको प्रक्रियालाई आत्मसात गर्दै द्वन्द्वकालीन मुद्दामा नियमित घटनामा जसरी फैसला सुनाउने कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
Loading...