Latest News

सिंहदरबार घेर्ने मधेसी मोर्चाको चुरे भावरले प्रतिकार गर्ने, भीडन्तको सम्भावना


काठमाडौं, १ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले संघीय गठबन्धनको सिंहदरबार घेर्ने कार्यक्रमको प्रतिकार गर्ने भएको छ । चुरेभावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले गठबन्धनको सिंहदरबार घेर्ने आन्दोलनको प्रतिकार गर्ने बताए । ‘देशकै प्रमुख प्रशासनिक केन्द्र ठप्प पार्नु भनेको देशभरीका जनतालाई दुःख दिनु हो ।

कर्मचारीलाई भित्र छिर्न नदिएर जनताको काम प्रभावित पार्ने र जनतालाई दुःख दिने जुनसुकै आन्दोलनको हामी प्रतिकार गर्छाै,’ उनले भने– ‘मधेस मधेसवादी दलको मात्रै होइन्, हाम्रो पनि हो । मधेसका नाममा गरिने आन्दोलन अब सैह्य हुँदैन् ।’ तराई बन्ददेखि नाकाबन्दी गरेको मधेसी मोर्चाले अब आन्दोलन सफल पार्न सिंहदरबार घेर्ने नयाँ कार्यक्रम ल्याएको छ । जून आजदेखि सुरु हुँदैछ । उता मधेसी मोर्चाले पनि आन्दोलन तयारी निकै सशक्त रुपमा गरेको जनाएको छ । जसले गर्दा आन्दोलनमा भीडन्त हुने सम्भावना छ ।
osnepal

Loading...