Loading...
जसको नीति उसको नेतृत्व भए मात्र कुनै पनि योजना पूरा हुन सक्छ । सकारात्मक योजनालाई विधि प्रक्रिया पुर्याइ गोरेटो निर्माण गर्दै अगाडि बढ्न खोजे मात्र गन्तव्यमा सजिलै पुग्न सकिन्छ,र सपना बास्तविकतामा बदलिन्छ। नेतृत्व भनेकै सपनालाइ बास्तबिकतामा बदल्ने क्षमता हो। श्रोत र साधन भएर पनि विकासका सपना नदेख्ने नेता वास्तविक दरिद्र हो । त्यो समाजको कलंक हो। दृढ इच्छा शक्ति र सकारात्मक सोचबाट मात्र हरेक बस्तुलाइ युगान्तकारी बनाउन सकिन्छ। सकारात्मक सोचलाई हामी सबैले साथ दिन जरुरी छ।
नेपाली राजनितिक इतिहासमा के पि ओलि मात्र वास्तविक सपनालाई साकार पार्ने दिर्घकालिन सोच र दुर दृष्ठी भएका नेता र नेपाली जनताका असल अभिभावक हुन भन्ने कुरा उनको कृयाकलाप र व्यवहारले प्रष्ट पारिसकेको छ। बटुवाले बाटो आफै निर्माण गर्दै हिडे झै गरि राष्ट्रिय स्वाधीनतालाई कायम गर्दै राष्ट्र घात गर्ने हरुका काँडेतार भत्काउदै संविधान निर्माण गर्ने काममा अगुवाइ गर्ने काम गरे। उनलाई धारे हात लगाइ गाली गर्ने र बद्ख्वा गर्दै हिड्नेहरुलाइ एक एक गरेर हराएको जनताले प्रत्यक्षदेखि सकेका छन। चाहे त्यो संविधान बनाउँदा होस चाहे त्यो प्रधानमन्त्रीको निर्वाचनमा होस चाहे त्यो नाकाबन्दिको कुरामा होस।
परिस्थितिको ठोस मुल्यांकन गर्दै बास्तविकताको गहिराइमा पुगि एक एक चुनौतीलाई सामना गर्दै नेपाली जनताको शिर ठाडो पार्ने काम गरेका छन। उनको नेतृत्व ले मात्र अब नेपाली समाज को सामाजिक संरचना विभिततामा एकता कायम गर्न सक्छ।र समाजको आर्थिक बिकाश गर्छ भन्ने कुरामा जनतामा ठूलो छाप परेको छ। ब्यक्तिगत स्वार्थका निम्ति दलाली मनस्थिति बोकि दल खडा गर्दै हिडेका मधेश बादी दलका नेताहरुदेखि जनताको नजर मा राष्ट्र घाती को पगरी गुथी सकेको नेपालीकांग्रेस लाई अस्तित्वमा रहने कि नरहने भन्ने दुविधा भएको छ। देश हामिले बिगार्यौ।हामिले नै देश गरिव बनाएका हौ।हाम्रो पार्टीले नै देश लाई परनिर्भर बनाएको हो।भन्ने कुराको समिक्षा नगरी आफ्नो गल्ती स्विकार नगरी गल्तीलाई ढाक छोप गर्न रातारात दिल्ली धाँउदै बर्तमान सरकार ढलाउने कच्चा खेल खेल्न खोज्नुले नेपाली काँग्रेसलाई झन राष्टघाती भारतीय दलाल पार्टीमा रुपान्तरण गरिदिएको छ।
झन्डै झन्डै नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि त्यो कित्तामा परि सकेका थिए।त्यो जोगाइ दिने काम पनि के पि ओलिले गरिदिएका छन।के का लागि आन्दोलन भन्ने कुराको नै टुङ्गो नभै दिल्लिको निर्देशनमा देश लाई अस्थिर बनाइ आफ्नो ब्यक्तिगत स्वार्थका निम्ति आन्दोलन गरेका मधेशी नेता उपेन्द्र,महन्त र राजेन्द्रहरुको आन्दोलनको खासै अर्थ रहेनछ भन्ने कुरा प्रमाणित भै सकेकोछ।उनिहरुको आन्दोलनले उनिहरु आफैलाइ खुम्च्याएको छ। जतिजती आन्दोलन गर्दै जान्छन उतिउती अस्तित्व हराउदै जाने कुरा निश्चित छ।भारत ले उनिहरुको आन्दोलन मा गरेको लगानी बालुवा मा पानी भै भारत को निद हराम भएको छ।झन ओलि सरकार को नीति र कार्यक्रम ले भारत लाई ज्वरो आइरहेको छ।जातिय युद्दलाई स्विकार्न लगाइ बाबुराम भट्टराई लाई फेरि भारतले शुस्मरुपबाट प्रयोग गर्दै छ। त्यो कुरा स्विकार गर्दै छिमेकी मुलुक भारत र चीन को दुरि लाई नेपाल बाट टाढा बनाउदै धमिलो पानीमा माछा मार्ने कोसिस भारत को डिजाएन मा बाबुराम भट्टराई ले गर्दै छन त्यो कुरा राष्ट्र बादी शक्ति ले बुझ्न जरुरी छ ओलि ले बुझ्न जरुरी छ।
आजको एक्काइसौ शताब्दीमा आफूले गर्न नजान्ने अरुले गरेको देखि नसहने जुन संकीर्ण सोच नेपाली राजनितिक नेतामा छ। त्यो सोच र व्यवहार ले देश बिकास होइन बिनास हुने छ। त्यसैले राष्ट्रघात गर्ने जो कोहि पार्टी चाहे पुराना पार्टी हुन चाहे नयाँ शक्ति भन्नेहरु हुन यी मुठ्ठी भर का तत्वहरु लाई समयमै साइड लगाउन जरुरी छ। सरकार भत्काउने र बनाउने खेलमा पार्टिहरु लाई सामेल गराउदै भारत आफ्नो स्वार्थ अनुकुलको राजनिती गर्न अनेक तुरुप फ्याक्दै छ,त्यो खेलतिर नलागी सबै देश भक्त पार्टिहरु संघ संस्थाहरु संचार माध्यम हरु बर्तमान प्रधानमन्त्री के पि ओलि को राष्ट्रियताको अडान संगै देश निर्माण गर्ने साहासिक कदम मा सहयोग र हौसला दिदै बिकास निर्माण मा जुट्नु अनिवार्य भएको छ।
.
-
Loading...
Social Buttons